शुक्रवार, चैत्र २३ २०८०
नेपाल वाइड
खोटाङ, २३ चैत । आगलागीमा घर जलेर विस्थापित भएका खोटाङको जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालय चुम्लुङका धनबहादुर राईलाई ४० हजार सहयोग जुटेको छ । गत चैत ८ गते आगलागी हुँदा घर तथा घरमा भएका सबैथोक जलेपछि विस्थापित भएका राई परिवारको सहयोगार्थ कांग्रेसका जन्तेढुंगा गाउँपालिका सभापति बाजिन्द्र बिष्टको पहलमा ४० हजार ३१५ रुपैयाँ जुटेको हो ।
२७ जनाबाट संकलन भएको सहयोग रकममध्ये ३२ हजार ३१५ रुपैयाँ बिहिबार स्थानीय समाजसेवी श्याम राईले अग्नी पिडित परिवारलाई हस्तान्तरण गरेका छन् । अग्नी पिडित परिवारको दैनिक गुजारा गर्ने र बास बस्ने अवस्था नभएका कारण देशविदेशमा रहेका आफन्त तथा शुभेच्छुकबाट सहयोग जुटाइएको अभियान्ता बिष्टले बताए ।
अभियानका क्रममा अग्नी पिडितको सहयोगार्थ थप आठ हजार संकलन भएको छ । संकलन भएको थप सहयोग रकम पिडितलाई क्रमशः हस्तान्तरण गर्ने तयारी गरिएको छ ।