Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    १२ वर्षीय बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा परियार पक्राउ

    १२ वर्षीय बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा परियार पक्राउ


    • शुक्रवार, चैत्र २३ २०८०

    • नेपाल वाइड


    १२ वर्षीय बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा परियार पक्राउ
    सांकेतिक तस्बीर ।

    खोटाङ, २३ चैत । खोटाङमा १२ वर्षीय बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । मावली घरमा बस्दैआएकी बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउ नालीका ३५ वर्षीय प्रकाश परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

    घरमा कोही नभएको मौका पारेर बालिकालाई चैत २२ गते दिउँसो ललाई फकाई जवरजस्ती करणी गरेको जाहेरीका आधारमा परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए । बालिकालाई जवरजस्ती करणी गरेको खबर पाए लगत्तै प्रहरीचौकी दिप्रुङ चुईचुम्माबाट खटिएका प्रहरीको टोलीले अभियुक्तलाई पक्राउ गरेको हो ।

    सम्बन्धित समाचार