Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    आगलागी पिडितलाई सुन्तले बचत कोष कुवेतमा आवद्ध युवाको मल्हम

    आगलागी पिडितलाई सुन्तले बचत कोष कुवेतमा आवद्ध युवाको मल्हम


    • शुक्रवार, चैत्र २३ २०८०

    • नेपाल वाइड


    आगलागी पिडितलाई सुन्तले बचत कोष कुवेतमा आवद्ध युवाको मल्हम

    खोटाङ, २३ चैत । सुन्तले बचत कोष कुवेतले खोटाङको आगलागी पिडितलाई आर्थिक सहयोग गरेको छ । आगोलागीबाट घर जलेपछि विस्थापित भएका बाराहपोखरी गाउँपालिका–२ सुन्तले बिसुन्तुङका भिमबहादुर राईलाई सुन्तले बचत कोष कुवेतले २१ हजार १५५ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

    आगवलागीमा घर सहित सम्पूर्ण सम्पत्ती जलेपछि अलपत्र परेका परिवारको राहतका लागि सुन्तले बचत कोष कुवेतमा आवद्ध युवाले सहयोग रकम संकलन गरेर पठाइदिएको हो ।

    वडा कार्यालय सुन्तलेमा आयोजित कार्यक्रममा समाजसेवी केदार आले मगरले भिमबहादुरकी श्रीमती रमा राईलाई सहयोग रकम हस्तान्तरण गरेका छन् । गत माघ २१ गते कोदोको सरङ सुकाउने क्रममा क्रममा बालेको बाँस पड्किएर उछिट्टिएको आगोले राईको घरमा आगलागी भएको थियो ।

    सहयोग हस्तान्तरण कार्यक्रममा वडासदस्य बमबहादुर दाहाल, समाजसेवी ध्यानकुमार राई, ज्यू माविका प्रअ दलबहादुर दाहाल, लेखापाल डिल्ली श्रेष्ठ, मेलमिलाप केन्द्रका सदस्य पुर्ण मगर, शिक्षक तिर्थकुमार मगर, चन्द्रनारायण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

    सहयोग हस्तान्तरणपछि केदार आले मगरले अग्नी पिडितलाई सहयोग गर्ने अनिल राई, जगत राना मगर, गुना राई, राम मगर, सुर्य राना मगर लगायत सम्पुर्ण सहयोगीलाई धन्यवाद दिएका थिए ।

    सम्बन्धित समाचार