Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    डढेलोले दुई घर र चार गोठ जले

    डढेलोले दुई घर र चार गोठ जले


    • आइतवार, चैत्र २५ २०८०

    • नेपाल वाइड


    डढेलोले दुई घर र चार गोठ जले

    खोटाङ, २५ चैत । डढेलोले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको मैतुङमा दुई घर जलेको छ । स्थानीय अररे सामुदायीक वनबाट सुरु भएको भिषण डढेलोले आइतबार साँझ मैतुङको नाम्नाखु सिरानका लम्बरहादुर अधिकारीको घर तथा खर्कटारका अम्बरबहादुर अधिकारीको घर र गोठ जलेको हो ।

    फैलँदै गएको सोही डढेलोले हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार दाल्फुका भलाराज राईको तीन वटा गोठ जलेको स्थानीय केशीराज राईले जानकारी दिए ।

    अररे सामुदायीक वनबाट गत मंगलबारदेखि सुरु भएको डढेलो पिप्लेपुछार–गुनारा पाखा–नाम्नाखु पाखा हुँदै टुटुंगे सामुदायीक वनमा फैलिएको छ । गुनारा पाखाबाट हावाले उँडाएको आगोको झिल्कोले च्यास्मीटारको फिर्कुपाखामा पनि डढेलो लागेको थियो ।

    डढेलोले फिर्कुका केही घर जोखिममा परेको छ । डढेलो रातडाँडा, गेलुङखोला, हिलापु, मर्पुतर्फ फैलनेक्रम जारी छ ।

    सम्बन्धित समाचार