Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    एमाले खोटाङको अधिबेसनः सर्वसम्मत कि चुनाव ?

    एमाले खोटाङको अधिबेसनः सर्वसम्मत कि चुनाव ?


    • बुधवार, चैत्र २८ २०८०

    • नेपाल वाइड


    एमाले खोटाङको अधिबेसनः सर्वसम्मत कि चुनाव ?

    नेकपा एमाले खोटाङको आठौं जिल्ला अधिबेसन सुरु भएको छ । दिक्तेलको माटिकोरेस्थित कबर्डहलमा बुधबारदेखि एमालेको अधिबेसन सुरु भएको हो । बिहिबारसम्म सञ्चालन हुने भनिएको अधिबेसन एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उद्घाटन गरेकी छन् ।

    एमालेको जिल्ला अध्यक्षका लागि वर्तमान अध्यक्ष रामप्रसाद दंगाल र उपाध्यक्ष देवबिक्रम राई आकांक्षी देखिएका छन् । दंगाललाई केन्द्रीय सदस्य उषाकला राई, रमेश पौडेल, खगेन्द्र राई लगायतको साथ छ । राईलाई पोलिटव्युरो सदस्य बिशाल भट्टराई लगायतको साथ छ । जिल्लाका केन्द्रीय नेताहरुले दंगाल र राईको हार–जीतलाई आफ्नो शक्ती परीक्षण गर्ने औजार बनाउँदैछन् ।

    श्रोतका अनुसार भित्रभित्र दुबै आकांक्षीको प्यानल खडा भइसकेको छ । दंगालको टिमबाट उपाध्यक्षमा उपिनकुमार राई र राईको टिमबाट उपाध्यक्षमा कुमार आचार्य उठ्ने चर्चा छ । सचिवमा हालसम्म उपसचिव सुरेन्द्र राई मात्रै आकांक्षी देखिएका छन् ।

    उपसचिवमा ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष गिरेन्द्रबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका इन्चार्ज कमल ढकाल, खोटेहाङ गाउँपालिका इन्चार्ज राजन बञ्जरा, गोपी खड्का, दिलचक्र राई लगायतको दावी छ । दुबै टिमबीच हाल प्रतिनिधि तानातान गर्न रस्साकस्सी चलिरहेको छ ।

    हालसम्म दुबैपक्षले ‘आफुले जित्ने’ दावी गर्दै त्यसको छिनोफानो चुनावमार्फत गर्नुपर्ने बताइरहेका छन् । अधिबेसनमा ५७९ प्रतिनिधिको सहभागीता रहेको छ । ‘नेतृत्वमा कसलाई चयन गर्दा पार्टीको हित हुन्छ’ भन्ने स्वबिवेक तिनै प्रतिनिधिले प्रयोग गर्नुपर्ने छ ।

    cpn uml khotang_convention (opened)2.jpeg

    अधिबेसन उद्घाटन कार्यक्रममा एमालेका कोशी प्रदेश सह–ईन्चार्ज, स्थायी कमिटि सदस्य एबं पुर्वमुख्यमन्त्री शेरधन राई, झापा ईन्चार्ज एबं पोलिटव्यूरो सदस्य बिशाल भट्टराई, खोटाङ इन्चार्ज एबं संघीय खानेपानी मन्त्री राजेन्द्र राई, केन्द्रीय सदस्य एबं प्रदेशका पुर्वमन्त्री उषाकला राई, केन्द्रीय सदस्य रमेश पौडेल, प्रदेश कमिटि उपाध्यक्ष टिका चेम्जोङ, उपसचिव देवान राई, प्रदेश सांसद पिके राई लगायतको उपस्थिति रहेको थियो ।

    सम्बन्धित समाचार