बिहिवार, चैत्र २९ २०८०
नेपाल वाइड
खोटाङ, २९ चैत । नेकपा एमाले खोटाङको नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम प्रकाशित गरिएको छ । बुधबार सुरु भएको आठौं जिल्ला अधिबेसन अन्तरगत निर्वाचन कमिटिले निर्वाचन कार्यक्रमको सूचना प्रकाशित गरेको हो ।
प्रमुख निर्वाचन अधिकृत लालप्रसाद घिमिरेले मतदाता नामावली प्रकाशन, मतदाताको नामावली उपर दावी विरोधदेखि मतदान, मत गणना, निर्वाचन परिणाम घोषणा, शपथ ग्रहणसम्मको समय तालिका सार्वजनिक गरेका छन् । सर्वसम्मत जिल्ला कमिटि बनाउने कसरत भइरहँदा निर्वाचन कमिटिले निर्वाचन प्रयोजनका लागि पार्टीको विधान, निर्वाचन नियमावलीको अधिनमा रहेर निर्वाचन प्रकृया अघि बढाएको हो ।
अधिबेसन दिक्तेलको माटिकोरेस्थित कबर्डहलमा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उद्घाटन गरेकी थिईन् । अधिबेसनमा ५७९ प्रतिनिधिको सहभागीता रहेको छ ।
एमालेको जिल्ला अध्यक्षका लागि वर्तमान अध्यक्ष रामप्रसाद दंगाल र उपाध्यक्ष देवबिक्रम राई आकांक्षी देखिएका छन् ।