Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    नेकपा एमाले खोटाङको सचिवमा सुरेन्द्रकुमार राई निर्विरोध

    नेकपा एमाले खोटाङको सचिवमा सुरेन्द्रकुमार राई निर्विरोध


    • बिहिवार, चैत्र २९ २०८०

    • नेपाल वाइड


    नेकपा एमाले खोटाङको सचिवमा सुरेन्द्रकुमार राई निर्विरोध
    नेकपा एमाले खोटाङको निर्वरोध सचिव सुरेन्द्रकुमार राई ।

    खोटाङ, २९ चैत । नेकपा एमाले खोटाङको सचिवमा सुरेन्द्रकुमार राई निर्विरोध निर्वाचित भएका छन् । बुधबारदेखि जारी आठौं जिल्ला अधिबेसन अन्तरगत बिहिबार मनोनयनका क्रममा सचिवमा राईको मात्रै उम्मेदवारी परेको हो ।

    अन्य आकांक्षीको उम्मेदवारी नपरेपछि राई स्वतः सचिवमा निर्वाचित भएको निर्वाचन कमिटिले जनाएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार ठेगाना भएका राई यसअघि उपसचिव थिए ।

    २०५१ सालमा आरआर क्याम्पसको रात्री सिफ्ट कमिटि सदस्यबाट राजनीति प्रवेश गरेका राईले अनेरास्वबियु जिल्ला कमिटि खोटाङको अध्यक्ष, अखिलको तत्कालिन सगरमाथा उपाध्यक्ष, केन्द्रीय सदस्य, तत्कालिन युथफोर्सको जिल्ला अध्यक्ष, युवा संघको केन्द्रीय सदस्य तथा तीन कार्यकाल एमाले जिल्ला कमिटि सचिवालय सदस्य हुँदै सचिवमा फड्को मारेका हुन् ।

    सरल, सहयोगी र सादगी जीवनशैलीको पहिचान बनाएका राईको उचित सम्मान र मुल्यांकन भएको एमालेजनमा चर्चा भइरहेको छ ।कतिपय जिल्ला कमिटि सदस्यहरु पनि निर्विरोध भएका छन् । 

    एमालेको जिल्ला अध्यक्षका लागि वर्तमान अध्यक्ष रामप्रसाद दंगाल र उपाध्यक्ष देवबिक्रम राई चुनावी मैदानमा उत्रिएका छन् । अधिबेसनमा ५७९ प्रतिनिधिको सहभागीता रहेको छ । 

    सम्बन्धित समाचार