Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    विद्यालयलाई प्राथमिक उपचार बक्स प्रदान गर्दै पुर्व प्रसनि बन्जारा

    विद्यालयलाई प्राथमिक उपचार बक्स प्रदान गर्दै पुर्व प्रसनि बन्जारा


    • शनिवार, बैशाख १ २०८१

    • नेपाल वाइड


    विद्यालयलाई प्राथमिक उपचार बक्स प्रदान गर्दै पुर्व प्रसनि बन्जारा
    नेपाल पत्रकार महासंघ शाखा खोटाङका अध्यक्ष दिलीप खत्रीलाई प्राथमिक उपचार बक्स हस्तान्तरण गर्दै पुर्व प्रहरी सहायक निरिक्षक ईश्वरप्रसाद बन्जारा ।

    खोटाङ, १ बैसाख । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले सिस्नेरी निवासी पुर्व प्रहरी सहायक निरिक्षक ईश्वरप्रसाद बन्जाराले विद्यालयलाई प्राथमिक उपचार बक्स प्रदान गर्ने तयारी गरेका छन् । २०७९ फागुनमा प्रहरी सहायक निरिक्षकबाट पेन्सनमा निस्किएका बन्जाराले आफ्नो गाउँपालिकाभरीका ३४ वटा विद्यालयलाई एक–एक थानका दरले प्राथमिक उपचार बक्स प्रदान गर्ने तयारी गरेका हुन् ।

    शनिबार नेपाल पत्रकार महासंघ शाखा खोटाङका अध्यक्ष दिलीप खत्रीलाई एक थान प्राथमिक उपचार बक्स हस्तान्तरण गर्दै बन्जाराले गाउँपालिकाभरीका सामुदायीक विद्यालयलाई प्राथमिक उपचार बक्स प्रदान गर्ने जानकारी दिएका छन् ।

    विद्यार्थीलाई आकस्मिक चोटपटक लागेको बेला तत्काल प्राथमिक उपचार गर्ने व्यवस्थाका लागि आफ्नै खर्चमा विद्यालयलाई प्राथमिक उपचार बक्स प्रदान गर्न लागेको बन्जाराले बताए । मासिक पेन्सनमध्येबाट बन्जाराले सिटामोल, बेटाडिन, ग्लोभ्स, कटन, एमजिट, व्यान्डेज, ह्याण्डीप्लाष्ट, जीवनजल लगायतका स्वास्थ्य सामग्री सहितको प्राथमिक उपचार बक्स प्रदान गर्ने तयारी गरेका हुन् ।

    प्राथमिक उपचार बक्स वितरणसँगै विद्यालयमा ट्राफिक सचेतना कार्यक्रम गर्ने बन्जाराले जानकारी दिए । उनी हाल नेपाल राष्ट्रिय भूतपुर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) केन्द्रिय सदस्य छन् ।

    तीन दर्जन असहायको घाउमा बन्जाराको मल्हम

    पेन्सन अवधि पुगे लगत्तै जागीरबाट निस्किएपछि गाउँ फर्किएका बन्जाराले असहाय, अनाथ र विपन्न परिवारका बिरामीलाई सहयोग गर्दैआएका छन् । ट्राफिक प्रहरीछँदा विभिन्न निकायको सहयोगमा भवन बनाउने, युनिफर्ममा बेल्चा चलाएर सडकको खाल्डाखुल्डी पुरेर चर्चा कमाएका बन्जाराले मासिक पेन्सनको १० प्रतिशत रकम सामाजिक सेवाको काममा खर्च गर्दैआएका छन् ।

    त्यसबाट हालसम्म तीन दर्जन अनाथ, असहाय र बिरामीलाई सहयोग गरिसकेको बन्जारा बताउँछन् । केही समय अघि मात्रै उनले क्यान्सर पिडित सुखमान राई, मोटर साईकल दुर्घटनामा घाईते भएका अनिश राई, क्यान्सर पिडित मिना वुढाथोकी, खोटाङका बिरामी डुकेन्द्र श्रेष्ठलाई सहयोग गरेका छन् ।

    यस्तै, केही समयअघि ‘लक्ष्मीकुमारी मगर बचाउ’ अभियानमा जोडिएर ६ लाख ५१ हजार ७२९ रुपैयाँ संकलन गरी हस्तान्तरण गरेका थिए । यस्तै, कुमारीपाटीबाट सातदोबाटो जाने क्रममा खुट्टामा चोट लागेर छट्पटाई रहेको अवस्थामा एक बृद्धलाई उद्धार गरेर अस्पताल पुर्‍याएका थिए ।

    सहयोगको याचना गरिरहेका बृद्धलाई पाटन अस्पताल लगेर निःशुल्क उपचार गराएको बन्जारा बताउँछन् । ‘विरामीको उपचारका क्रममा अस्पतालले संरक्षकको खोजी गरेपछि वृद्धलाई आमा आश्रम डोलेश्वर भक्तपुरलाई खबर गरी जिम्मा लगाएँ,’ बन्जाराले भने, ‘त्यसअघि तीन जना वेसाहारालाई लगनखेलबाट उद्धार गरि आमा आश्रम पठाएको थिएँ ।’

    सम्बन्धित समाचार