Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    छुरा प्रहारबाट खोटाङमा एकको मृत्यु

    छुरा प्रहारबाट खोटाङमा एकको मृत्यु


    • शनिवार, बैशाख १ २०८१

    • नेपाल वाइड


    छुरा प्रहारबाट खोटाङमा एकको मृत्यु

    खोटाङ, १ बैसाख । खोटाङमा छुरा प्रहारबाट एकको मृत्यु भएको छ । शनिबार साँझ तीन व्यक्तीले छुरा प्रहार गर्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी निभारेका ३१ वर्षीय धनजित राईको मृत्यु भएको हो । उनलाई सोही ठाउँका तिलकबहादुर बस्नेतको मकै बारीमा छुरा प्रहार गरिएको थियो । घाइतेको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए ।

    छुरा प्रहार गरी फरार भएका अभियुक्तको खोजी भइरहेको छ । घटनाको जानकारी पाए लगत्तै प्रहरीचौकी जालपाबाट प्रसनि शिवप्रसाद घिमिरे, जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी निरिक्षक बेनु कार्की र प्रहरीचौकी तालखर्कबाट प्रसनिको कमाण्डमा प्रहरीको टोली घट्नास्थलमा खटिएका छन् ।

    सम्बन्धित समाचार