मंगलवार, बैशाख ४ २०८१
नेपाल वाइड
कविज्यू !
तपाईंले “माटोको मायाँ” कविता लेख्नु भएछ
तपाईँको कविता किताबमा छापिएछ
भित्तामा टाँगिएछ
खण्डन भएछ
इतिहास त्यसैगरी जन्मियो होला
तपाईको पूर्खा पनी त्यसैगरी आए होलान्
कविज्यू !
आज म अर्को कविता लेख्दैछु
भावना कोर्दैछु
मेरो त किताबमा नछापिएला
पढ्ने विद्यार्थी नहोलान्
तर
पक्कै पनी सुन्ने श्रोता हुनेछन्
यो कविता तपाईको जस्तो महान नबन्ला
तर यो पनी केही चाहीं हो है
कविज्यू !
खार्पाली काशीरामका सन्तान
कविज्यूले मन नपराउनु भएका
हरिनन्दन, श्रीकृष्णका सन्तानहरू
फेरी आए हरिनन्दनका नातिनिहरू
इतिहास रचे
छोरीले पितृको नाममा
महायज्ञ गर्नु हुन्न थियो रे
श्रीमद्भागवत पुराण लगाउनु हुन्न थियो रे
छोरीले लगाएको पुराणले
पितृ पार तर्दैनन् रे
तर
आज तिनै छोरीहरू इतिहास रच्दै पुराण लगाउदैछन्
पितृ तार्दैछन् ।
हिजो आसु झार्दै गएका
हिँड्दै गएका
डोली चढ़दै गएका
डाँको छोडेर रूँदै रूँदै गएका
तिनै चेलीहरू
आफ्नू जन्मभूमि आएर
कविज्यू !
महायज्ञ गर्दैछन्
आँसु पुछ्दै आएर
बस्ने बास सारेका
पराई भएका
देश विदेशमा रहेका
तिनै चेलीबेटीले सानो हुँदा
शिक्षा लिएको
पवित्र सरस्वती मन्दिर
शारदाको मन्दिर
शारदा मावि प्रांगण
ज्ञान आर्जन गरेको थलो
शैक्षिक पुण्य भूमिमा
महायज्ञ
पितृको नाममा, शिक्षाको नाममा
पुराण लगाएर
पुण्य कमाउदैछन् ।
कविज्यू !
भाग लिएर, खाने भक्तजनहरूले
आफै भाग लिएर खान सिके
जो तपाईको भाषामा बफे सिस्टम
व्यवस्थापन गर्न सिकाए
सर सरसफाई गर्न सिकाई
रिस द्वेष नलिई
जेठा, माहिला, साहिला, काहिला, कान्छापट्टी नभनी
राई, मगर, क्षेत्री, बाहुन, दमाई, कामी, सार्की नभनी
हातमा हात मिलाएर
एकताको भावमा
महायज्ञ लगाए
कवितामा लेखिएको
माटोको मायाँ
बाबु आमा माइति छाडेर गएकाहरूले
भेला भएर
माटोप्रति गरेको सम्मान
सम्मान होइन र ?
चेलीहरूको हृदय विशाल होइन र ?
अन्त्यमा कविज्यू !
लेख्नुस् कविता
खार्पाली चेलीहरूको
आफ्नू जन्मभूमिमा आएर
“माटोको मायाँ” गरेर
हरारौं मान्छेलाई भेला पारेर
कहिल्यै नआएकालाई ल्याएर
महायज्ञ लगाए
पितृ तारे
पुरातनबादी सोच र काम तोडे
क्रान्ति गरे
खार्पाली चेलीहरूले संखघोष गरे,
सम्पूर्ण खोटाङगे चेलिहरूलाई प्रफुल्लित बनाए ।
-२ बैसाख २०८१, खार्पा, खोटाङ