Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    आगलागीबाट राखाबांदेलमा एक घर नष्ट

    आगलागीबाट राखाबांदेलमा एक घर नष्ट


    • बुधवार, बैशाख ५ २०८१

    • नेपाल वाइड


    आगलागीबाट राखाबांदेलमा एक घर नष्ट

    खोटाङ, ५ बैसाख । खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलका धनकुमारी कार्कीको घरमा आगलागी भएको छ । कार्कीको ढुंगामाटोको गारो, टिनको छाना भएको एक तले घरमा बैसाख ४ गते राती आगलागी भएको हो ।

    आगलागीमा कार्कीको घर र घरमा भएका नगद ७० हजार, छ बण्डल जस्ता, दुई थान कुकर, दुई थान आम्खोरा, काठको एक थान र स्टीलको एक थान बाकस, पित्तलको एक थान खड्कुला, १० पाथी गहुँ, सात पाथी मकै, १५ पाथी कोदो, एक काटुन तेल, २० केजी चिनि, ३० भारी पराल, लत्ताकपडा, कागजपत्र लगायत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले जानकारी दिए ।

    घटनाको जानकारी पाएपछि अस्थायी प्रहरी पोष्ट राखाबांदेलबाट प्रहरी सहायक निरिक्षकको कमाण्डमा प्रहरी घट्नास्थल पुगेको थियो । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार