सोमवार, बैशाख १० २०८१
नेपाल वाइड
खोटाङ, १० बैसाख । विद्युत सर्ट हुँदा खोटाङमा एक घर जलेको छ । विद्युत सर्ट हुँदा दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरी खुतुर्केका शम्सेरबहादुर खड्गाको टिनको छानो भएको दुई तले घर र नजिकै बनाइएको भान्छा घर जलेको हो ।
आइतबार राती भएको आगलागीमा खड्गाको २५ लाख बराबरको धन सम्पत्ती क्षती भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले जानकारी दिए ।
आगलागीको जानकारी पाएपछि प्रहरीचौकी दिप्रुङ चुईचुम्माबाट प्रहरीको टोली घट्नास्थल पुगेको थियो । आगो सोमबार बिहान ६ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।