मंगलवार, बैशाख ११ २०८१
नेपाल वाइड
खोटाङ, ११ बैसाख । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ, दुबेकी आशा राईले कालिका भगवती मन्दिर र बुद्धेश्वर गुफामा अखण्ड बत्ती चढाएकी छन् । हाल काठमाडौं बस्दैआएकी राईले मझुवागढीस्थित कालिका भगवती मन्दिर र बुद्धेश्वर गुफामा एक/एक थान अखण्ड बत्ती चढाएकी हुन् ।
यस्तै, गणेश थान र बुद्धेश्वर गुफामा एक/एक थान नाग पनि चढाएकी छन् ।
राईले कालिका भगवती मन्दिरमा पित्तलको शिरबन्दी हालिदिएकी छन् । यस्तै, मन्दीर प्रवेश गर्ने ढोकाको दायाँ–वायाँ जोडी सिंहको मुर्ती राखिदिएको आफन्त राजेन्द्र राईले जानकारी दिए । उनले गत वर्ष पनि कालिका भगवती मन्दिर वरपर १०८ बत्ती राखिदिएकी थिईन् ।