बुधवार, बैशाख १२ २०८१
नेपाल वाइड
खोटाङ, १२ बैसाख । डढेलो गाउँ पस्दा खोटाङको बाराहापोखरी गाउँपालिका–१ बाराहापोखरीमा नौ परिवारको ११ घर जलेर नष्ट भएको छ ।
बुधबार दिउँसो स्थानीय रक्तमाला सामुदायीक वनमा लागेको डढेलोले डान्सिङटारका गंगामायाँ मगरको दुई वटा घर र मतान, भद्रसिं मगर, पुर्णबहादुर मगर, सुवास मगर, मोहनलाल मगर, तुलसी मगर र सालघारीका तेजबहादुर मगरको एक/एक वटा घर जलेको हो ।
यस्तै, डाँडाखर्क सामुदायीक वनमाम लागेको डढेलोले दिपक कट्वालको दुई वटा घर जलेको स्थानीय नेता भुवन श्रेष्ठले बताए । ढुसेनी सामुदायीक वनमा लागेको डढेलोले खोर्सानेका सुमन मगरको घर जलेको छ ।
रक्तमाला सामुदायीक वनमा लागेको डढेलोले नगेन्द्र मगरको गोठ जलेको बाराहापोखरी गाउँपालिका–१ बाराहापोखरीका वडाध्यक्ष ढकबहादुर कार्कीले बताए । गंगामायाँको तीन वटा कटेरा जल्नुका साथै ३५ वटा खसीबाख्रा डढेर मरेको छ ।
डढेलोको क्षतीको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए ।