Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    डढेलोले बाराहापोखरीमा ११ परिवारको १३ घर खरानी, डढेलो अझै नियन्त्रण बाहिर

    डढेलोले बाराहापोखरीमा ११ परिवारको १३ घर खरानी, डढेलो अझै नियन्त्रण बाहिर


    • बुधवार, बैशाख १२ २०८१

    • नेपाल वाइड


    डढेलोले बाराहापोखरीमा ११ परिवारको १३ घर खरानी, डढेलो अझै नियन्त्रण बाहिर

    खोटाङ, १२ बैसाख । डढेलो गाउँ पस्दा खोटाङको बाराहापोखरी गाउँपालिका–१ बाराहापोखरीमा ११ परिवारको १३ वटा घर जलेर नष्ट भएको छ । बुधबार दिउँसो विभिन्न सामुदायीक वनमा लागेको डढेलो गाउँमा पस्दा बसोबास नभएको तीन वटा सहित १३ घर, ७ वटा मतान, २ वटा गोठ, १ बाख्रा खोर र १ भान्छा घर खरानी भएको हो ।

    डढेलोले भिरगाउँका मोहनलाल थापा मगरको दुई वटा घर र मतान, पुर्णबहादुर मगरको एक घर र तीन मतान, भद्रसिं मगरको घर र दुई वटा गोठ, सुवास थापा मगरको घर र मतान तथा मदन थापा मगरको घर जलेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले जानकारी दिए । यस्तै, डढेलोले डान्सिङटारका गंगामायाँ मगरको दुई वटा घर र दुई वटा मतान, ४० वटा बाख्रा, आधा तोला सुन, नगद ५० हजार लगायत जलेको छ ।

    वडाध्यक्ष ढकबहादुर कार्कीका अनुसार खोर्सानेका सुमन मगर र गहतेका लेखराज खतिवडाको घर नष्ट भएको छ । डढेलोले डाँडाखर्कका होमबहादुर कट्वाल र पदमबहादुर कटवालको बसोबास नभएको घर जलेको छ ।

    यस्तै, खोर्सानेका छकुमार राईको पनि बसोबास नभएको घर जलेको छ । रक्तमाला सामुदायीक वनमा लागेको डढेलेले भञ्ज्याङका बमबहादुर मगरको भान्छा घर र बाख्रा खोर खरानी भएको छ ।

    डढेलो अझै पनि नियन्त्रण बाहिर छ । डढेलो डाँडाखर्क र खाल्ले बिच, पोखरी–राँकुली क्षेत्र तथा चुइयाँटार र रानाछापमा फैलिरहेको स्थानीय नेता भुवन श्रेष्ठले जानकारी दिए । शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले डढेलो नियन्त्रणको प्रयास गरिरहेका छन् ।

    सम्बन्धित समाचार