Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बाराहापोखरी: डढेलो पिडितलाई गाउँपालिकाको राहत

    बाराहापोखरी: डढेलो पिडितलाई गाउँपालिकाको राहत


    • बिहिवार, बैशाख १३ २०८१

    • नेपाल वाइड


    बाराहापोखरी: डढेलो पिडितलाई गाउँपालिकाको राहत

    खोटाङ, १३ बैसाख । खोटाङको बराहपोखरी गाउँपालिकाले डढेलोबाट घर जल्दा विस्थापित भएका नौ परिवारलाई राहत प्रदान गरेको छ । बैसाख १२ गते विभिन्न सामुदायीक वनमा लागेको डढेलोले घर जल्दा विस्थापित भएका बराहपोखरी गाउँपालिका–१ बाराहापोखरीका नौ परिवारलाई प्रत्यक्ष भेटेर न्युनतम २५ हजारदेखि ४० हजारसम्म राहत रकम प्रदान गरेको हो ।

    गाउँपालिकाले बिहिबार डढेलोबाट सर्वस्व गुमाएका सनमान मगरलाई ४० हजार, मोहनलाल मगरलाई ३० हजार र उर्मिला राईलाई ३० हजार प्रदान गरेको छ ।

    यस्तै, भद्रसिं थापा मगरलाई २५ हजार, पुर्णबहादुर मगरलाई २५ हजार, नगेन्द्र मगरलाई २५ हजार, बमबहादुर मगरलाई २५ हजार, पदमबहादुर कट्वाललाई २५ हजार र सुमन मगरलाई २५ हजार प्रदान गरिएको गाउँपालिकाका सुचना अधिकारी प्रशासन सहायक रमेश पोखरेलले जानकारी दिए ।

    rahat for fire victims at barahapokhari (ii).jpg

    डढेलोबाट पिडितलाई गाउँपालिका अध्यक्ष शालिकरा बञ्जाराले राहत रकम हस्तान्तरण गरेका थिए । सामुदायीक वनमा लागेको डढेलोले भीरगाउँ, डान्सिङटार, डाँडाखर्क, खोर्साने र गहतेका नौ परिवार विस्थापित भएका छन् । यस्तै, बसोबास नभएको रित्तो घर पनि जलेको थियो ।

    डढेलो पिडितलाई नेपाल रेडक्रस सोसाइटी बराहपोखरी उप–शाखा र वडा कार्यालयले पनि खाद्यान्न, लत्ता कपडा लगायत प्रदान गरेको छ ।

    सम्बन्धित समाचार