Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    नेपाल आदिवासी जनजाति महासंघ खोटाङको चौथो अधिबेसन बैसाख १९ र २० गते

    नेपाल आदिवासी जनजाति महासंघ खोटाङको चौथो अधिबेसन बैसाख १९ र २० गते


    • शुक्रवार, बैशाख १४ २०८१

    • नेपाल वाइड


    नेपाल आदिवासी जनजाति महासंघ खोटाङको चौथो अधिबेसन बैसाख १९ र २० गते

    खोटाङ, १४ बैसाख । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद खोटाङको चौथो अधिबेसन आगामी बैसाख १९ र २० गते हुने भएको छ । समन्वय परिषदले शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा पत्रकार सम्मेलन गर्दै चौथो अधिबेसनको मिति तय गरेको जानकारी दिएको हो ।

    दिक्तेलमा हुने अधिबेसन नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय उपमहासचिव रामकृष्ण व्लोन तामाङले उद्घाटन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । तीन वर्षे कार्यकालका लागि नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदको चैथो अधिबेसन हुन लागेको हो ।

    किरात राई यायोक्खा, नेपाल तामाङ घेदुङ संघ, नेपाल मगर संघ, नेवा द्धेय दबु, भुजेल सेवा समाज, जिल्ला शेर्पा संघ, गुरुङ तमु छोँजदी, माझी उत्थान संघ, सुनुवार सेवा समाज र किरात याक्थुम चुम्लुङबाट दुई–दुई जना प्रतिनिधि सहभागी गराईने समन्वय परिषदका अध्यक्ष फुर्वा शेर्पाले जानकारी दिए ।

    अधिवेशनमा दुई नगरपालिका, आठ गाउँपालिकाबाट प्रतिनिधि र पर्यवेक्षक सहभागी हुनेछन् । तर, उनीहरुलाई नेतृत्व चुन्ने अधिकार भने हुने छैन । अधिवेशनमा विभिन्न जातजातिको भेषभुषामा झाँकी प्रदर्शनी गरिने समन्वय परिषदका सचिव उदिम चाम्लिङले बताए । 

    सम्बन्धित समाचार