शनिवार, बैशाख १५ २०८१
नेपाल वाइड
खोटाङ, १५ बैसाख । मोटरसाईकल दुर्घटनामा खोटाङका पत्रकार नविनकाजी राई गम्भीर घाईते भएका छन् । काठमाडौंमा बसेर पत्रकारिता गरिरहेका पत्रकार राई शुक्रबार राती दरबारमार्गमा भएको मोटरसाईकल दुर्घटनामा परि गम्भीर घाईते भएका हुन् ।
टाउकोमा गम्भीर चोट लागेका पत्रकार राईको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ । बेहोस अवस्थामा अस्पताल पुर्याइएका पत्रकार राईको टाउकोको शल्यक्रिया गरिएको छ ।
पत्रकार राईलाई ट्रमा सेन्टरबाट केएमसीमा लगिएको हो । उनको होस अझै खुलेको छैन । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार घर भएका पत्रकार राई हाल नेपालप्रेसमा कार्यरत छन् । मोटरसाईकलको पछाडि बसेको अवस्थामा उनी दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।