Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङका पत्रकार भट्टराई र अछामेलाई विकास पत्रकारिता पुरस्कार प्रदान

    खोटाङका पत्रकार भट्टराई र अछामेलाई विकास पत्रकारिता पुरस्कार प्रदान


    • शनिवार, बैशाख १५ २०८१

    • नेपाल वाइड


    खोटाङका पत्रकार भट्टराई र अछामेलाई विकास पत्रकारिता पुरस्कार प्रदान

    खोटाङ, १५ बैसाख । नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङले दुई क्रियासिल पत्रकारलाई पुरस्कृत गरेको छ । महासंघले सातौं जिल्ला अधिबेसन तथा ११ औं साधारणसभाको अवसर पारेर शनिबार गोरखापत्र दैनिकका पत्रकार राजकुमार भट्टराई (सरगम) र रुपाकोट साप्ताहिकका पत्रकार सविना अछामेलाई जनही पाँच हजार राशीको विकास पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।

    जिल्ला समन्वय समितिको समिक्षालय हलमा आयोजित कार्यक्रममा पत्रकार भट्टराई र अछामेलाई प्रमुख अतिथिका रुपमा प्रदेशसभा सांसद भुपेन्द्र राईले पुरस्कार हस्तान्तरण गरेका थिए ।

    तत्कालिन जिल्ला विकास समितिले उपलव्ध गराएको एक लाख राशीको पत्रकार पुरस्कार अक्षयकोषबाट पत्रकार भट्टराई र अछामेलाई पुरस्कार प्रदान गरिएको नेपाल पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष दिलीप खत्रीले बताए ।

    जिल्लामा बसेर पत्रकारिताको माध्यमबाट नागरिकलाई सुसूचित गर्दै समाज रुपान्तरणमा पु¥याएको योगदानको कदर गर्दै पत्रकार भट्टराई र अछामेलाई पुरस्कृत गरिएको हो । प्रेस स्वतन्त्रता सेनानी पत्रकार कृष्ण आचार्य संयोजकत्वको तीन सदस्यीय पुरस्कार छनौट समितिको सिफारिसमा महासंघले पत्रकारद्धयलाई पुरस्कार प्रदान गरेको हो ।

    २०७५ सालदेखि पत्रकारिता सुरु गरेका भट्टराई जिल्लामा रुपाकोटखबर डटकम सञ्चालन गर्छन् । यस्तै २०७४ सालदेखि पत्रकारितामा लागेकी अछामे नमस्ते खोटाङ डटकममा पनि आवद्ध छिन् । महासंघले हरेक अधिबेसनको अवसरमा क्रियासिल पत्रकारलाई पुरस्कार प्रदान गर्दैआएको छ ।

    सम्बन्धित समाचार