आइतवार, बैशाख १६ २०८१
नेपाल वाइड
खोटाङ, १६ बैसाख । स्कुटर दुर्घटनामा गम्भीर घाईते भएका खोटाङका पत्रकार नविनकाजी राईको स्वास्थ्यमा सामान्य सुधार आएको छ ।
शुक्रबार राती भएको स्कुटर दुर्घटनामा गम्भीर घाईते भएपछि केएमसी अस्पताल सिनामंगलमा उपचारमा लगिएका पत्रकार राईको स्वास्थ्यमा सामान्य सुधार आएको हो । परिवारका अनुसार घटनापछि बेहोस अवस्थामा रहेका पत्रकार राईको आइतबार बिहान १० बजेदेखि होस खुलेको छ ।
स्वास्थ्यमा सामान्य सुधार आएपछि घाइतेलाई अस्पतालले भेन्टीलेटरबाट बाहिर निकालेको जनाएको छ । राईले भेट्न गएका आफन्त तथा चिनजानका व्यक्तिसँग दोहोरो सम्वाद गर्न थालेका छन् । उनलाई अझै १५ दिन स्वास्थ्यकर्मीको निगरानीमा राख्नुपर्ने अस्पतालले जनाएको छ ।
दरबारमार्गमा भएको स्कुटर दुर्घटनामा टाउकोमा चोट लाग्दा पत्रकार राई गम्भीर घाईते भएका थिए । पत्रकार राईलाई ट्रमा सेन्टरले केएमसीमा रिफर गरेको थियो । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार घर भएका पत्रकार राई हाल नेपालप्रेसमा कार्यरत छन् । राईको टाउकोमा जमेको रगत निकाल्न शनिबार ६ घण्टा लगाएर शल्यक्रिया गरिएको थियो ।