Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    नगरले गर्‍यो शिक्षण सिकाई प्रवोधिकरण कार्यशाला

    नगरले गर्‍यो शिक्षण सिकाई प्रवोधिकरण कार्यशाला


    • बुधवार, बैशाख १९ २०८१

    • नेपाल वाइड


    नगरले गर्‍यो शिक्षण सिकाई प्रवोधिकरण कार्यशाला

    खोटाङ, १९ बैसाख । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पाठ्यक्रम, शिक्षक निर्देशिका तथा पाठ्यपुस्तकको शिक्षण सिकाई प्रवोधिकरण कार्यशाला गरेको छ । शिक्षकलाई कक्षामा पाठ्यक्रम, शिक्षक निर्देशिका र पाठ्यपुस्तकको प्रयोग गर्ने/गराउने लक्ष्यका साथ नगरपालिकाले बैसाख १७ र १८ गते शिक्षण सिकाई प्रवोधिकरण कार्यशाला गरेको हो ।

    कक्षा शिक्षणका क्रममा अधिकांश शिक्षकले पाठ्यपुस्तक मात्र प्रयोग गर्ने गरेको पाइएपछि प्रवोधिकरण कार्यशाला आयोजना गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए । शिक्षकलाई शैक्षिक क्रियाकलापमा पाठ्यपुस्तक सँगै पाठ्यक्रम र शिक्षक निर्देशिका प्रयोग गर्नका लागि उत्प्रेरित गर्न कार्यशाला आयोजना गरिएको हो । शुभम फाउण्डेसनमा आयोजना गरिएको कार्यशालामा नगरका ९३ विद्यालयका शिक्षकलाई सहभागी गराइएको नगरपालिकाले जनाएको छ ।

    शैक्षिक सुधारका लागि नगरपालिकाले गठन गरेको शिक्षा सुधार कार्यदलको प्रस्तावमा नगरपालिकाले शिक्षकको क्षमता अभिबृद्धिका लागि चरणवद्ध कार्यशाला गरिरहेको छ । बैसाख १९ गते विद्यालय वार्षिक कार्ययोजना, बैसाख २० र २१ गते आइसिटी र बैसाख २२ गते व्यवहारिक र उत्पादनमुलक शिक्षाको विषयमा कार्यशाला तय गरिएको शिक्षा सुधार कार्यदलका संयोजक सुर्य राईले बताए ।

    नगरपालिकाले बैसाख १६ गते निरन्तर विद्यार्थी मुल्यांकन तथा बैसाख १४ र १५ गते स्थानीय विषयको पाठ्यक्रम परिमार्जनका लागि सहजकर्ता उत्पादन कार्यशाला गरेको थियो ।

    सम्बन्धित समाचार