Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    विद्यालयको वार्षिक कार्ययोजना निर्माण कार्यशाला

    विद्यालयको वार्षिक कार्ययोजना निर्माण कार्यशाला


    • बुधवार, बैशाख १९ २०८१

    • नेपाल वाइड


    विद्यालयको वार्षिक कार्ययोजना निर्माण कार्यशाला

    खोटाङ, १९ बैसाख । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विद्यालयको वार्षिक कार्ययोजना निर्माण कार्यशाला गरेको छ । हरेक विद्यालयमा अनिवार्य वार्षिक योजना निर्माण गर्ने र कार्यान्वयनमा ल्याउनका लागि नगरपालिकाले बुधबार वार्षिक कार्ययोजना निर्माण कार्यशाला आयोजना गरेको हो । शुभम फाउण्डेसनको हलमा आयोजना गरिएको कार्यशाला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राईले उद्घाटन गरेका थिए ।

    नगरको १५ वडाका ९३ विद्यालयका प्रअ तथा शिक्षकलाई सहभागी गराएर नगरपालिकाले वार्षिक कार्ययोजना निर्माण कार्यशाला गरेको हो । प्रअ तथा शिक्षकलाई विद्यालयको वार्षिक कार्ययोजना अनिवार्य बनाउन लगाउने र सो अनुशार शैक्षिक क्रियाकलाप सञ्चालन गर्न गराउनका लागि कार्यशाला आयोजना गरिएको उपमेयर राईले बताए ।

    annual planning workshop for school (i).jpg

    कतिपय विद्यालयले आफै वार्षिक कार्ययोजना बनाएर काम गरिरहेका छन् । कतिपय विद्यालयले भने औपचारिकताका लागि ‘डेमो’ बनाएर भित्तामा टाँस्न र नगरपालिकालाई देखाउन मात्रै बनाएको पाइए पछि कार्यशाला आयोजना गरिएको हो ।

    शैक्षिक सुधारका लागि नगरपालिकाले गठन गरेको शिक्षा सुधार कार्यदलको प्रस्तावमा नगरपालिकाले शिक्षकको क्षमता अभिबृद्धिका लागि चरणवद्ध कार्यशाला गरिरहेको छ । बैसाख २० र २१ गते आइसिटी तथा बैसाख २२ गते व्यवहारिक र उत्पादनमुलक शिक्षाको विषयमा कार्यशाला तय गरिएको शिक्षा सुधार कार्यदलका संयोजक सुर्य राईले बताए ।

    नगरपालिकाले बैसाख १७ र १८ गते पाठ्यक्रम, शिक्षक निर्देशिका तथा पाठ्यपुस्तकको शिक्षण सिकाई प्रवोधिकरण कार्यशाला, नगरपालिकाले बैसाख १६ गते निरन्तर विद्यार्थी मुल्यांकन तथा बैसाख १४ र १५ गते स्थानीय विषयको पाठ्यक्रम परिमार्जनका लागि सहजकर्ता उत्पादन कार्यशाला गरेको थियो ।

    सम्बन्धित समाचार