Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दिरुमनपाः नौ दिनमा सात विषयको शैक्षिक कार्यशाला

    दिरुमनपाः नौ दिनमा सात विषयको शैक्षिक कार्यशाला


    • शनिवार, बैशाख २२ २०८१

    • नेपाल वाइड


    दिरुमनपाः नौ दिनमा सात विषयको शैक्षिक कार्यशाला

    खोटाङ, २२ बैसाख । शैक्षिक गुणस्तर सुधार गर्ने पहल स्वरुप खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले लगातार सात वटा विषयमा शैक्षिक कार्यशाला गरेको छ । सामुदायीक विद्यालयको घट्दो आकर्षणलाई वृद्धि गर्ने लक्ष्यका साथ नगरपालिकाले गत बैसाख १४ गतेदेखि बैसाख २२ गतेसम्म निरन्तर शैक्षिक कार्याशाला गरेको हो ।

    स्थानीय विषयको पाठ्यक्रम परिमार्जन, निरन्तर विद्यार्थी मुल्यांकन, पाठ्यक्रम, शिक्षक निर्देशिका तथा पाठ्यपुस्तकको शिक्षण सिकाई प्रवोधिकरण, वार्षिक कार्ययोजना निर्माण, सूचना प्रविधि तथा इएमआइएस लगायतका विषयमा छुट्टाछुट्टै तालिम तथा कार्याशाला गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए ।

    तालिम तथा कायर्याशालाको अन्तिम दिन बैसाख २२ गते जीवन उपयोगी शिक्षा कार्याशाला गरिएको छ । बैसाख २१ गते खेल तथा संगीत, बैसाख २० सूचना प्रविधि तथा इएमआइएस तालिम गरिएको थियो । यस्तै, बैसाख १९ गते विद्यालयको वार्षिक कार्ययोजना निर्माण, बैसाख १७ र १८ गते पाठ्यक्रम, शिक्षक निर्देशिका तथा पाठ्यपुस्तकको शिक्षण सिकाई प्रवोधिकरण, बैसाख १६ गते निरन्तर विद्यार्थी मुल्यांकन तथा बैसाख १४ र १५ गते स्थानीय विषयको पाठ्यक्रम परिमार्जनका लागि सहजकर्ता उत्पादन कार्यशाला गरिएको थियो ।

    9 days of training & workshop for school (ii).jpg

    शैक्षिक सुधारका लागि नगरपालिकाले शैक्षिक अभियान्ता सुर्य राईको संयोजकत्वमा गठन गरेको शिक्षा सुधार कार्यदलको प्रस्तावमा शिक्षकको क्षमता अभिबृद्धिका लागि चरणवद्ध कार्यशाला गरिएको हो । नगरपालिकाका १५ वटै वडाका प्रअ तथा शिक्षकलाई शुभम फाउण्डेसनमा भेला गरेर शैक्षिक तालिम तथा कार्याशाला गरिएको हो ।

    पछिल्लो समय सामुदायीक विद्यालयका विद्यार्थी संख्या तिव्र गतिमा घटिरहेको यतार्थलाई मध्यनजर गर्दै नगरपालिकाले शिक्षा सुधारका लागि चरणवद्ध तालिम तथा कार्याशाला आयोजना गरेको हो । तालिम तथा कार्याशालामा सिकाइएका विषयलाई विद्यालयमा फर्केर प्रअ र शिक्षकले कार्यान्वयन गरे÷नगरेको अनुगमन गरिने मेयर भट्टराईले बताए ।

    सम्बन्धित समाचार