आइतवार, बैशाख २३ २०८१
नेपाल वाइड
खोटाङ, २३ वैशाख । नेपाल तामाङ घेदुङ खोटाङको अध्यक्षमा जयकुमार तामाङ चयन हुनुभएको छ । घेदुङको चौथो जिल्ला अधिवेसनले तामाङलाई सर्बसम्मत अध्यक्ष चयन गरेको हो ।
शनिबार केपीलासगढी गाँउपालिकाको बाक्सिला बजारमा सम्पन्न अधिवेसनले उपाध्यक्षमाद्धय कृष्ण कुमारी तामाङ र हरि बहादुर तामाङ, सचिब शुक्र बहादुर तामाङ, उप-सचिब विश्वश्वर तामाङ र कोषाध्यक्ष टेकुमाया तामाङ चयन हुनुभएको घेदुङका निवर्तमान अध्यक्ष जस बहादुर तामाङ (जेबी) ले जानकारी दिए ।
यस्तै छेवाङ लामाको अध्यक्षतामा ७ सदस्यीय लामा घेदुङ, रामकुमार तामाङको अध्यक्षतामा १३ सदस्यीय युवा घेदुङ जिल्ला कार्यसमिति समेत अधिवेसनले गठन गरेको छ । नेपाल तामाङ घेदुङ खोटाङको अधिबेसनका लागि खोटाङ जिल्लाका १० वटै स्थानिय तहका नगर र पालिकाका प्रतिनिधिहरु बाक्सिला बजारमा पुगेका थिए ।
नेपाल तामाङ घेदुङ प्रदेश नम्बर १ का अध्यक्ष रेख बहादुर तामाङको प्रमुख आतिथ्य र घेदुङका केन्द्रीय सदस्यीय गोपाल मोक्तानको उपश्थितिमा अधिवेसन सम्पन्न भएको हो । निर्बाचित घेदुङको नयाँ कार्यसमितिको आगामी बैठकले घेदुङको कार्ययोजना र विधान बमोजिम खाली रहेका पदहरुमा मनोनय गर्ने सचिब शुक्रबहादुर तामाङले बताए ।