Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ अन्तरपालिका भलिवल प्रतियोगिता बैसाख २६ गतेदेखि

    ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ अन्तरपालिका भलिवल प्रतियोगिता बैसाख २६ गतेदेखि


    • मंगलवार, बैशाख २५ २०८१

    • सुर्य तामाङ


    ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ अन्तरपालिका भलिवल प्रतियोगिता बैसाख २६ गतेदेखि
    तस्बीरः सञ्जिव राई

    खोटाङ, २५ बैसाख । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ अन्तरपालिका स्तरीय महिला तथा पुरुष भलिवल प्रतियोगिताको तयारी गरेको छ । गाउँपालिकाले महिला र पुरुष टिमलाई समान पुरस्कार राशी प्रदान गर्नेगरी बैसाख २६ गतेदेखि बैसाख २९ गतेसम्म ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ गर्न लागेको हो ।

    नेपालको राष्ट्रिय खेल भलिबलको विकास, विस्तार एवं नयाँ प्रतिभाशाली खेलाडी उत्पादन गर्ने उद्देश्य अनुरूप ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ अन्तरपालिका स्तरीय महिला तथा पुरुष भलिवल प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष गिरेन्द्र राईले बताए ।

    गाउँपालिकाको मुख्य प्रायोजनमा खेलकुद विकास समिति ऐसेलुखर्कले ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’को आयोजना गरेको हो । गाउँपालिकाले मंगलबार पत्रकार सम्मेलन गर्दै गाउँपालिका प्रथम अध्यक्ष कपको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको छ । पत्रकार सम्मेलनका लागि गाउँपालिकाले जिल्लाका पत्रकारलाई ऐसेलुखर्क निमन्त्रणा गरेको थियो ।

    ऐसेलुखर्क गाउँपालिकाको खेलमैदानमा सञ्चालन गरिने प्रतियोगीतामा महिला तथा पुरुषतर्फ प्रथम, दोश्रो, तेश्रो र शान्त्वना स्थान प्राप्त गर्ने टिमलाई छुट्टाछुट्टै क्रमशः २ लाख, १ लाख, ५० हजार र २५ हजारको साथमा ट्रफी, मेडल तथा प्रमाण–पत्र प्रदान गरिने खेलकुद विकास समिति ऐसेलुखर्कले जनाएको छ ।

    यस्तै, बेष्ट प्लेयरलाई ५ हजार तथा बेष्ट स्पाइकर, बेष्ट सेटर, बेष्ट व्लकर, बेष्ट डिफेन्डर, बेष्ट सर्भर, अनुशासित र बेष्ट कोचलाई जनही ३ हजारका साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ । सेमिफाइनलदेखि माथिका प्रत्येक खेलका म्यान अफ दि म्याचलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

    प्रतियोगीता अन्तर्राष्ट्रिय भलिबल महासंघको नियम अनुसार खेलाइने खेलकुद विकास समिति ऐसेलुखर्कका अध्यक्ष रजिन राईले बताए ।

    सम्बन्धित समाचार