शुक्रवार, बैशाख २८ २०८१
नेपाल वाइड
खोटाङ, २८ बैसाख । खोटाङ यातायात प्रालिले दुई पत्रकारलाई यातायात पत्रकारीता पुरस्कार प्रदान गरेको छ । दशौं साधारणसभा तथा छैठौं अधिबेसनको अवसर पारेर यातायात प्रालिले शुक्रबार पत्रकारद्धय चिसाङ शेर्पा र सविना अछामेलाई जनही पाँच हजार राशीको यातायात पत्रकारीता पुरस्कार प्रदान गरेको हो ।
जिल्लामा निष्पक्ष र निडरताका साथ पत्रकारिता गर्ने क्रममा यातायातको क्षेत्रमा समेत कलम चलाएर योगदान पुर्याएको भन्दै पत्रकार शेर्पा र अछामेलाई पुरस्कृत गरिएको खोटाङ यातायात प्रालिका अध्यक्ष टेकेन्द्र राईले बताए ।
पत्रकारद्धयलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वारले दोसल्ला ओढाएर नगद र सम्मान–पत्र प्रदान गरेका थिए ।
२०६५ सालदेखि पत्रकारितामा क्रियासिल शेर्पा हाल नेपाल पत्रकार महासंघ जिल्ला शाखाका सह–सचिव छन् । समायोजनखबर डटकमका सञ्चालक रहेका शेर्पा एपीवान टिभी, हिमालय टाम्इस र सुर्योद्धय टिभीमा कार्यरत छन् ।
यस्तै २०७४ सालदेखि पत्रकारितामा लागेकी अछामे नमस्ते खोटाङ डटकम र रुपाकोट साप्ताहिकमा आवद्ध छिन् । २०७७ सालको यातायात पत्रकारिता पुरस्कार पत्रकार दमन राईले पाएका थिए ।