Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    हलेसी तुवाचुङ: डढेलो पिडितको सहयोगार्थ सात दलको ‘क्यूआर’ कोड

    हलेसी तुवाचुङ: डढेलो पिडितको सहयोगार्थ सात दलको ‘क्यूआर’ कोड


    • शनिवार, बैशाख २९ २०८१

    • नेपाल वाइड


    हलेसी तुवाचुङ: डढेलो पिडितको सहयोगार्थ सात दलको ‘क्यूआर’ कोड

    खोटाङ, २९ बैसाख । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका सात राजनीतिक दलको नगर कमिटिले डढेलो पिडितको सहयोगार्थ अभियान सुरु गरेको छ । ११ वडा रहेको नगरपालिकामा विभिन्न मितिमा लागेको डढेलोले विस्थापित भएका दर्जनौं स्थानीयको पुःनस्र्थापनाका लागि नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी, राप्रपा र नेकपा (एकीकृत समाजवादी)को नगर कमिटिले सहयोग अभियान थालेका हुन् ।

    सात दलका नगर कमिटिले नेता, कार्यकर्ता, जनप्रतिनीधि, कर्मचारी, व्यपारी, सामाजिक अभियान्ता र मनका धनीहरुलाई सहयोग अभियानमा जोडिन आव्हान गरेका छन् ।

    नगरपालिकामा क्रियासिल राजनैतिक दलको गत बैसाख १८ गतेको बैठकले अग्नी पिडितको सहयोगार्थ संयुक्त रुपमा आर्थिक संकलन गर्ने निर्णय गरेको थियो । डढेलोबाट घर, गोठ तथा पशुचौपाय गुमाएका पिडितको सहयोगार्थ सुरु गरिएको अभियान जेठ ५ गतेसम्म जारी रहने हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार निवासी नेकपा एमाले खोटाङका सचिव सुरेन्द्रकुमार राईले जानकारी दिए ।

    नगरमा क्रियासिल दलले अग्नी पिडितको सहयोगका लागि घरदैलो अभियान सँगै ‘क्यूआर’ कोड समेत सञ्चालनमा ल्याएका छन् । दलका नगर समितिले अग्नी पिडितलाई सहयोग गर्ने स्थानीय सरकार, संघसंस्था लगायतलाई धन्यवाद ज्ञापन गर्दै थप सहयोग अभियान थालेका हुन् । नगरपालिकामा डढेलो तथा अन्य कारणबाट करिब ५० घर, मतान र गोठ जलेको अनुमान छ ।

    नेपाली कांग्रेसका नगर सभापति चक्रकुमार राई, एमालेका नगर कमिटि अध्यक्ष डिल्ली चाम्लिङ, एकीकृत नेकपा माओवादीका नगर कमिटि अध्यक्ष राजुविक्रम चाम्लिङ, रास्वपा खोटाङका प्रचार विभाग प्रमुख, सन्तोषकुमार दाहाल, जसपाका नगर कमिटि अध्यक्ष राजन राई, राप्रपाका नगर कमिति अध्यक्ष सरोज गिरी र नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष मकर राईले संयुक्त अपिल जारी गरेका छन् ।

    सम्बन्धित समाचार