शनिवार, जेठ १२ २०८१
नेपाल वाइड
“अङ्कल ! यो बर्षको साकेला कहिले हुन्छ ?”
टिङलिङ्ग आवाज सहितअचानक मोबाइलमा त्यस्तोम्यासेज आउदा म एकचोटी झसङ्गै झस्किन्छु । समय बेलुकिको ठीक १० बजिसकेको थियो र म सुत्ने तरखर गर्दै थिएँ । अब यति अबेला तिरकस्ले म्यासेज पठाएको होला भनेरएक झलक हेर्छु । त्यसपछि उनको प्रश्नको उत्तर दिनुभन्दा अगाडी उनी को रहेछिन् भनेर मुहार पुस्तिकामा रहेको उनको जीवनीलाई सरसर्ति जाँच गर्न थाल्छु ।
उनको जन्मघर पूर्वी पहाडको बुईपा, खोटाङ् रहेछ । तर सन् २०१९ मा बेलायती सेनामा भर्ती भएको एकजना जवानसँग बिबाह बन्धनमा बाधिएपछि हजारौ माइल टाढा घरजम गर्न उनी बेलायत बसाई सरेकी रहेछिन् । हुनत मेरो घर पनि उतै तिर हो । तर भौतिक रुपमा उनीसँग मेरो खास्सै चिनजान छैन् । तैपनि अपरिचित गाउले भतिजी परेछिन भनेर मनमनै सोच्छु । त्यसपछि उनको प्रश्नको उत्तर दिन भनेर हातको औलाहरु मोबाइलको स्क्रिनमा नचाउन थाल्छु ।
“छोरी ! यस बर्षको साकेला पनि सदा झै दुई पटक नै हुन्छ भन्ने सुनेको छु अथवा मैले त्यस्तो जानकारी पाएको छु । पहिलो पटक यहिँ मे महिनाको २५ तारिक र दोश्रो पटक जून महिनाको १ तारिकमा हुन्छ भन्ने सामाजिक सँजाल टिकटकमा पनि देखेको छु,” सक्षिप्तमा जबाफ फर्काउछु ।
मेरो उत्तरको बिघ्न प्रतिक्षा गरिरहेकी भतिजीले, “उसो भए अङ्कल ! कुन दिन चाहिँ अलिक ठूलो हुन्छ होला ?”
अब मेरो सामु दोश्रो प्रश्न खडा हुन्छ । उता गाउँघरमा हुँदो हुँ त, “कि नेर्पा वा टेम्मा” उनलाई आँखा चिम्लेर जबाफ फर्काइ दिन्थे । तर यहाँ त्यसरी जबाफ फर्काउन मलाई त्यति सजिलो छैन् । तैपनि जानि नजानि भतिजीले गरेकी प्रश्नले मेरो मुटुको दाहिने कुनामा चसक्क घोचेको जस्तो आभाष हुन्छ ।
अब उनको प्रश्नको उत्तर सहि दिन सकुँला वा नसकुँला भनेर एकछिन सोच्न बाध्य हुन्छु । त्यसपछि आ जे सुकै मरोस है भनेर फोनलाई थपक्कै सिरानी छेउमा राखेर बस्छु । तर उनको प्रश्नको उत्तर दिन पाउदा नपाउदै अर्को पटक टिङलिङ्ग आवाज आएको सुनिन्छ । त्यसपछि म अलिक अटेर गर्न थाल्छु । र, उनकी प्रश्नलाई वेवास्ता गर्दै आधुनिक दर्शन शास्त्रका पिता रन डकार्डले मध्यान्हको घाममा गम्लङ्गै सिरक ओढेर मानिसको जीवनको बिषयमा सोच्ने गरेझैं म पनि गम्लङ्गै सिरक ओढ्छु र बेलायती किरात राईहरुको बिषयमा सोच्न थाल्छु ।
बेलायतमा अहिले लगभग बिसौ हजार राईहरु बसोबास गरिरहेका छन् । यधपि त्यसको पुस्टी गर्ने आधिकारिक तथ्याङ्क अहिलेसम्म कहिँ कतै भेटिदैन् । बेलायती सरकारले आजभन्दा करिव दुई दशक अगाडीदेखि पूर्व गोर्खा सिपाहीहरुको लागि अध्यागमन नीति अलिक खकुलो बनाइ दिएपछि नेपाल छाडेर यतै घरजम गर्न आउनेहरुका संख्या ह्वारह्वार्ती बढिरहेका छन् । त्यसैले कोहि सुरुको दिनदेखि नै यता आएर घरजम गरिसकेका छन् भने कोहि भरखर भरखर आउदै गरेका छन् र यो क्रम क्रमश: चलिरहेकै अवस्था छ ।
हो, ती सबै राईहरुको बेलायतमा एउटा जातिय संस्था छ । जस्लाई अधिकतम मानिसहरुले, “किरात राई यायोख्खा बेलायत” भनेर चिन्ने गर्दछन् ।
सन् २००४ सालदेखि स्थापना गरिएको उक्त्त सङ्गठनको उमेर अहिले ठेक्कै २० बर्षको लडके जवान भएको छ । स्वभावैले २० बर्षे जवान भएपछि जोस बढि र होस अलिक कमि हुने गर्दछ । जस्लाई हामीले अन्यथा लिन पनि हुँदैन । जुन सामान्य मानिसमा हुने क्रमिक विकाशको सिदान्त वा मानविय प्रकृया नै मान्नु पर्छ । तर कसोकसो अलिक बढि होस गुमेपछि मानिसहरु स्वभावैले झगडालु, निर्दयी, स्वार्थि, लोभि र पापी हुन्छ भनेर माम्सबरीको राक्षस भनेर चिनिने थोमस हब्सले सयकडौ बर्ष अगाडी आफ्नो पुस्तक “लेभियाथान” मा लेखिसकेको छ ।
तर कुनै कुनै बेला हब्सको भनाई झै हामी पनि आफ्नो उदेश्य प्राप्तिको लागि अलिक बढि नै स्वार्थि भएका छौं जस्तो लाग्छ । नत्रभने समान उदेश्य बोकेर हिडेको र एउटै सङ्गठनको छाता मुनि ओत लागेर बसेका मानिसहरुको एक-आपसमा फरक विचार ननिस्कनु पर्ने हो जस्तो लाग्छ ।
जस्तो कि यहाँहरुलाई थाहा छ । किरात राई यायोख्खा बेलायत एउटा बिशुध्द जातिय सङ्गठन वा संस्था हो । देशभन्दा धेरै टाढा परदेशमा रहेको भएता पनि यसको मूलभुत उदेश्य भनेको पनि आफ्नो जातिको भाषा, धर्म, संस्कृति, परम्परा र कलाको संरक्षण वा सम्वर्धन गर्नु नै हो । त्यसको साथै एक-आपसमा सामाजिक सदभाव, प्रेम, सहिष्णुता र भाइचारा नै अन्तिम सत्य उदेश्य हो ।
यदि किरात राई यायोख्खा राजनैतिक दलको भात्रृ सङ्गठन हुँदो हो त मानिसहरु सामान्यतय दुई भागमा ध्रुविकरण हुँन्थे । किनभने जर्मनीका प्रख्यात दार्शनिक फ्रेडरिक नित्सेले, “राजनीतिज्ञहरुले समाजलाई दुई भागमा ध्रुविकरण गर्छन् - एउटा समुह (ट्रुप्स) र अर्को दुश्मन (इनेमी) भनेका छन् ।
हुनत हामी कुनै पनि राजनैतिक दलको भातृ सङ्गठन त हुँदै होइनौं । तर विधिको विडम्वना नै मान्नु पर्छ । अहिले हामी नित्सेले भनेझै दुई भागमा ध्रुविकरण भएका छौं । अनि भाईभाईमा एउटालाई मित्र र अर्कोलाई शत्रु देख्न थालेका छौं । त्यतिले मात्र कहाँ मान्छर ? एक अर्कामा घमसान वाकयुध्दको दलदलीमा फसेका छौं ।
वाकयुध्दको बिषयमा म यहाँनेर एउटा सानो उदाहरण प्रस्तुत गर्न चाहें ।
म मेरो जीवन जिउने क्रममा पटक पटक आक्रापोलिस, एथेन्स पुगेको छु । यहाँहरुलाई अवगत भएकै कुरो हो । एथेन्स, ग्रिसको राजधानी हो । प्राचिन कालिन समयमा ग्रिकहरुले निक्कै धेरै वाकयुध्द गर्थे । तर उनीहरु प्रत्येक कुरोलाई वादविवाद गरेर अन्तिम टुङ्गोमा पुग्ने गर्दथे र त्यस निर्णयलाई सबैले स्वीकार गर्दथे । कालान्तरमा आएर त्यसलाई दार्शनिक भाषामा वाद (थेसिस) विवाद (एन्टिथेसिस) र संवाद (सिनथेसिस) भन्न थालियो ।
अझै यसलाई हेगलको भाषा भन्न उपयुक्त हुन्छ होला ? किनभने उनले यसको बिकसित रुप दिएका थिए । तर हेगेललाई छाडेर मार्क्सले चाहि यसको ठीक उल्टो अथवा उनले प्रतिपादन गरेको द्वन्दवाद अलिक रहश्यमय प्रकारको छ । उनले पुँजीवादमा पुँजिपतिको जन्म हुन्छ तर त्यसको साथ साथमा सर्वहाराको पनि जन्म भैहाल्छ । त्यसपछि ती दुईको विचमा मारामार संघर्ष हुन्छ । अन्ततः पुँजीवादको नष्ट हुन्छ र समाजवादको सिर्जना हुन्छ भनेका छन् ।
यी माथि उल्लेख गरिएका राजनैतिक र दार्शनिक विचारहरु हुन् । तर त्यसलाई छाडेर एकछिन बेलायती किरात राईहरुको नै कुरो गरौं । जस्तो कि यहाँहरुलाई सर्वबिधितै भएको कुरो हो । हामी बेलायतमा बसोबास गरिरहेका राईहरु निश्चय पनि हिजो फरक फरक पृष्ठभूमि बाट यहाँ आएका छौं । तर जो जहाँदेखि आएका भएपनि एउटा कुरो के सत्य हो भने बेलायत संसारको एउटा बिकसित राष्ट्र हो । बिकसित राष्ट्रमा बस्ने रहर गरेपछि आफू पनि बिकसित मानिसहरुसँग घुलमिल हुने प्रयत्न गर्नु पर्छ ।
मैले किन त्यसो भनेको हो भने अरु सबै कुरोलाई छाडेर चार्ल्स डार्विनको प्रकृति छनोटको सिदान्त (न्याचुरल सेलेक्सन) लाइ नै आधार मान्ने हो भने पनि समय र परिस्थिति अनुसार हरेक प्राणीले आफू परिवर्तन हुदै जिउनु पर्छ भनेको छ ।
मलाई जहाँसम्म लाग्छ । हामी निश्चय पनि समय अनुसार परिवर्तन भइसकेको छैनौ । त्यसैले एक आपसमा द्वन्दमा छौं । हुनत यसका पछाडि अनेकौ कारणहरु छन् । त्यसकारण हामी मिलि हाल्ने काम त्यति सजिलो भने पटक्कै छैन । किनभने हामी बिभिन्न थर र उपथरहरुमा बिभाजित छौं । एउटै जाति भएपनि फरक फरक भाषाहरु बोल्छौं । त्यसो भएको हुनाले दुवै समुहको अध्यक्षहरुलाई दिनानु दिन झन धेरै चुनौतिहरु थपिदै जादैछन् । अन्य सबै कुरो छाडेर चुनौतीको कुरो गर्ने हो भने पनि मलाई बेलायती पूर्व प्रधानमन्त्री विन्स्टन चर्चिलको खुब याद आउने गर्छ ।
चर्चिल अहिलेसम्म बेलायती इतिहासमा सर्वाधिक लोकपृय राजनेता कहलिन्छ । उनको जन्मघर (ब्लाइनहाम क्यास्चल) वा दरवार हो । जुन दरवार म बस्ने डेरा नजिकैको गाउँमा पर्छ । बेलायती हिउदे महिनाको कठङ्ग्रिने जाडोमा टेस्को सुपर स्टोरमा सेल लागेको सस्तो दुई पात रोटी झोलामा च्यापेर हरेक बिहान कर्तव्य पथमा लम्कदै गर्दा म तिनै ब्लाइनहाम दरवारको दृश्य देख्ने गर्छु रहरेक दिन म उनको सम्झना गर्दै गर्दै हिड्छु ।
ब्लाइनहाम युध्दमा कौशल भुमिका निर्वाह गरेबापत चर्चिलको हजुर बाजे जोन चर्चिलले (ड्युक अफ मार्लबोरो) उपाधि सहित त्यो भिष्म दरवार प्राप्त गरेको थिए । बेलायती राजदरवारहरु बाहेकको एउटै मात्र जनताको दरवारमा जन्मेका तिनै प्रधानमन्त्रि चर्चिलले दोश्रो विश्वयुध्दको समयमा, “म तपाइँहरुसगँ अन्य केहि चिज माग्दिन । केवल तपाइँको आसु, पसिना र रगतमात्र मागि रहेकोछु,” भन्दै गरेको बेला यतिका धेरै चुनौतीहरुको सामना कसरि गर्न सक्नु हुन्छ भनेर युवा पत्रकार हेनरी किसिन्जरले सोध्दा उनले सहज रुपले,-
“म पुरानो इतिहास हेरेर नयाँ इतिहासको निर्माण गर्नेछु,” भनेका थिए ।
अब यहाँनेर म दुवै जना अध्यक्षज्यूहरुलाई बिनम्रता पूर्वक के अनुरोध गर्न चाहन्छु भने तपाइँहरुले पनि चर्चिलले भनेको झैं सन् २००४ देखि २०२४ सम्म भएका किरात राईहरुको दु:खद वा सुखद इतिहास केलाएर हेर्नु होला अनि हरेक चुनौतिको समाना गर्नु होला । आखिर मैले किन त्यसो भनेको हुँ भने तपाइँहरु दुवै समुहको उदेश्य भनेको हाम्रो पवित्र संस्थाप्रति निस्वार्थ एबम अगाध स्नेह हुनु नै हो भन्ने मैले बुझेको छु ।
हुनत अलिकति कुरोको थालनि किसिन्जरदेखि सुरु भइहाल्यो । त्यसैले सबैभन्दा पहिले त्यसैको बिट मार्न प्रयत्न गर्छु । आजभन्दा लगभग सयबर्ष अगाडी जन्मेका र त्यति नै बर्ष बाँचेर गत बर्ष यस धर्तिदेखि सधै सधैको लागि अस्ताएको हेनरी किसिन्जर अति राम्रो अमेरिकन दुत हुन् । यदायदा अमेरिकामा जन्मेका भए उनी सहजै राष्ट्रपति त हुन्थे हुन्थे । तर दुर्भाग्यबस जर्मनीमा जन्मेका हुनाले परराष्ट्र मन्त्रिसम्म मात्र हुन पाए । तैपनि उनले अन्तराष्ट्रिय शान्तिको लागि धेरै राम्रा कामहरु गरेका उदाहरणहरु प्रशस्तै छन् ।
उनलाई छाडेर अशल नेपाली दुतको कुरो गर्दा मेरो विचारमा ऋषिकेश शाह पहिलो नम्बरमा पर्छ । संयुक्त राष्ट् संघको स्थायि प्रतिनिधि गरेको शाह दोश्रो महासचिव डाएगह्यामरसोल्डको रोडेशियामा जहाज दुर्घटनामा मृत्यु हुँदा तत्कालिन महासचिव उथान्टले ५ जना छानबिन समितिका सदश्यहरु खडा गरेका थिए । ती ५ जनाको समितिले अध्यक्षको लागि उनै शाहलाई छानेका थिए । संयुक्त्त राष्ट्र संघको महासचिवको हवाई दुर्घटनामा भएको मृत्युको छानबिन समितिको अध्यक्ष नेपालले पाउनु भनेको अहिलेसम्म अन्तराष्ट्रिय क्षेत्रमा नेपालले पाएको त्यो भन्दा ठूलो जिम्मेवारी कहिँ कतै देखिदैन्भेटिदैन् ।
मैलै उनीहरु जस्तो प्रतिभावान दुतहरुको कुरो गरेपछि निसन्देह उनी पछिको किरात राईहरुको सबैभन्दा बरिष्ठ व्यक्तित्व अथवा कुशल एबम अनुभवि दुत भनेको जर्मनीका पूर्व राजदुत डा नोबेल किशोर राई नै हुन भन्ने मलाई लाग्छ । हामी राईहरु एक आपसमा जस्तो सुकै पृष्ठभूमिदेखि आएको भएता पनि र हामी कठिन अवस्थामा हुँदा उहाँको विचारलाई पुन: एकपटक मनन गर्नु पर्छ कि? भन्ने लाग्छ ।
हुनत मानिस स्वतन्त्र प्राणी हो । चर्चित फ्रेन्च दार्शनिक रुसोले त्यहि भनेका छन् । त्यसैले म पनि स्वतन्त्र नागरिक भएको नाताले यी माथि लेखिएका हरफहरु मेरो नितान्त व्यक्तिगत विचारहरु हुन् । तर म यहाँनेर एउटा कुरो के निश्चित हुन चाहन्छु भने मेरो विचारहरु सबैलाई मान्य नहुन पनि सक्छ र मान्नै पर्छ भन्ने पनि छैन् ।अनि यसो भने बापत मैले उपनामको आशा पनि गरेको छैन् ।
खयर जे सुकै होस । अहिले बेलायति राईहरुमात्र नभएर रोजिरोटीको खोजिमा संसारको बिभिन्न कुनाकुनामा छरिएर रहेका राईहरु साकेलामय भएका छन् । किरात राई यायोख्खा बेलायतको पूर्व अध्यक्ष भएको नाताले एउटा समुहको सचिव इश्वर चाम्लिङ र अर्को समुहको उपाध्यक्ष सुमनचन्द्र राईले बिधुतिय पत्र मार्फत साकेलामा उपस्थित हुने निमन्त्रणा पठाइ सक्नु भएको छ र मैले पाइसकेको पनि छु भन्ने कुरो म यसै लेख मार्फत उहाँहरुलाई जानकारी गराउन चाहन्छु ।
तर दुवै समुहको निमन्त्रणा पत्रको बिषयमा घर सल्लाह हुँदै गर्दा –बाबैनी ! अब तपाइँको उमेर सुमेर पनि ढल्कि सक्यो त्यसैले गाला तीन चाउरि परेर झिङ्गा च्याप्न थालि सक्यो । आ त्यस्तो झगडा सगडा भइरहेको स्थानमा किन जानु हुन्छ है भनेर घरकी मालिक्नीले मलाई मुख खोलेर प्वाक्कै भनिन् । तर प्रश्नको उत्तर दिने क्रममा मैले उनलाई पूर्व अमेरिकन राष्ट्रपति जोन एफ केनेडी छोटो कथा सुनाइ दिएँ ।
एकदिन राष्ट्रपति केनेडी आफ्नो घर बोष्टनदेखि नाशाको कार्यलयमा भ्रमण गर्न गएका थिए । त्यहाँ पुगेर कार्यलयभित्र छिर्ने बितिक्कै एकजना सफाइकर्मिले भुइँमा झाडु पोतिरहेको देख्दा, “तपाइँ! यहाँ के गरिरहनु भएको छ ?” भनेर प्रश्न सोध्छन् । झाडुवालले प्रति उत्तरमा, “म मान्छेलाई चन्द्रमामा पठाउन सहयोग गरिरहेको छु” भनेका थिए । त्यस्तै म पनि मेरी अर्धाङ्गिनीलाई, “बेलायती किरात राईहरुलाई एक ढिक्का बनाउनको लागि केवल एउटा इटा थप्नको लागि म दुवै समुहको साकेला जान्छु,” भन्छु ।
आखिर जस्ले जे सुकै भनेता पनि किरात राईहरुको समश्य भनेको हाम्रो घरभित्रको समश्य हो । घरभित्रको समश्य घरभित्र नै मिल्छ र मिलाउनु पनि पर्छ भन्ने अधिकतम राईहरुको चाहना हो । त्यसैले अब हामी सबै राईहरु एउटा अन्तिम निष्कर्षमा पुगौ र एक आपसमा युध्द नगरौ ।बरु हामी सबै मिलेर चिनिया सैनिक जनरल एबम पूर्वीय दर्शन शास्त्रि सन चुको एउटा पुस्तक पढौ । किनभने हामी अधिकतम राईहरु पूर्व गोर्खा सैनिक पृष्ठभूमिदेखि आएका छौं ।
जनरल सन चुको पुस्तक युध्दको कला (आर्ट्स अफ वार) ले हामीलाई “नजित्ने लडाइ नलड्नु” है भन्ने ज्ञान दिन्छ ।
उनले सिकाएको ज्ञानभन्दा अझ बढि हामीलाई के पनि थाहा छ भने हामी राईभाईहरु एक आपसमा लडेर कसैले बिजय हासिल गर्न सक्तैनौं । केवल सबै पराजित हुन्छौं । अनि त्यो पराजय भनेको ह्याङ्गै शरिर बाहिर देखिने ठूल्ठूलो घाउ होइन । केबल हामी सबैले दिनानुदिन भोगिरहेको मानसिक पिडा हो । जुन पिडाले हामी बिक्षिप्त मुद्रामा त यस्सै छौं छौं । जस्ले गर्दा हामी एकअर्कामा भेट्दा आँखा जुधाएर होइन,भुइँ हेरेर बोल्न बाध्य भएका छौं ।
अन्तमा इसा पूर्व ४ सय ७० जन्मेका र ३ सय ९९ मा बिषालु बनस्पती ह्यामलकको झोल पिएर मृत्युदण्ड पाएका प्राचिन दार्शनिक सुक्रोटिसको एउटा भनाइ राखेर यो लेख अन्त गर्ने अनुमति चाहन्छु । उनले, “राम्रो मान्छे उपायमा कुरो गर्छ । ठीक्कको मान्छे घटनाको कुरो गर्छ । कमजोरी मान्छे अरुको कुरो काट्छ ।” उनको भनाईलाई शिरोपर गर्दै अहिलेका बेलायती राईहरु कमजोरि छैनन् र अरुको कुरो काट्दैनन् भन्ने मलाई बिश्वास लाग्छ ।
अब सबैभन्दा पुछारमा साकेला उभौलीको शुभ-कामना आदान प्रदान गर्न हाम्रो पवित्र हुदै गरेको स्थल ग्याम्बल लेनमा म स-शरिर उपस्थित हुने नै छु । तर दुवै समुहदेखि वाकदिक लागेर तेश्रो धार खडा गरेर आफ्नो घरमा बसेर रमिता हेरिरहनु भएको बेलायती किरात राईहरु मात्र नभएर टाइमोसान पर्वत हङकङदेखि मिना बजार दुबाइसम्म, हात्तिबन ललितपुरदेखि टुडिखेल काठमाण्डौसम्म, लुभेन बेल्जियमदेखि ज्याक्सन हाइट न्यूयोर्कसम्म पुगेर वाप्पा (भाले) सिली टिप्ने सम्पुर्ण राईहरुलाई यसै लेख मार्फत २०२४ सालको साकेला उभौलीको हार्दिक शुभ-कामना छ ।
अक्सफोर्डसायर ।