Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    जनता समाजवादी पार्टी खोटाङको अध्यक्षमा निर्मल राई

    जनता समाजवादी पार्टी खोटाङको अध्यक्षमा निर्मल राई


    • शनिवार, जेठ १२ २०८१

    • नेपाल वाइड


    जनता समाजवादी पार्टी खोटाङको अध्यक्षमा निर्मल राई

    खोटाङ, १२ जेठ । जनता समाजवादी पार्टी खोटाङको अध्यक्षमा निर्मल राई चयन भएका छन् । जेठ १२ गते बसेको जनता समाजवादी पार्टीको बैठकले राईलाई अध्यक्षको जिम्मेवारी सुम्पिएको हो । अध्यक्ष बनेका राई यसअघि उपाध्यक्ष थिए । तत्कालिन अध्यक्ष पिके खम्बूको ठाउँमा राईलाई अघि सारिएको जनता समाजवादी पार्टीले जनाएको छ । पहिचानको आन्दोलनमा अग्रपंक्तीमा देखिने राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका पुर्ववडाध्यक्ष हुन् ।
    १११ सदस्यीय जसपाको जिल्ला कमिटि उपाध्यक्षमा गुरुराज राई र नैनकला राई, सचिवमा बिरेन्द्र दर्नाल, सह–सचिवमा टिकाराम राई, शान्तिकला राई, प्रितीराज राई र कोषाध्यक्षमा गन्धमान राई चयन भएका छन् । सदस्यहरुमा अग्नीप्रसाद राई, मुगाधन राई, डिल्लीराज राई, शान्ता राई, राजहरी राई, नगेन्द्रराज चाम्लिङ, देवराज राई, खड्गबहादुर राई, शिवकृष्ण राई, कम्पसेर राई लगायत छन् ।

    सम्बन्धित समाचार