Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दिप्रुङमा कोपोमिस तथा सहकारी कानून सम्वन्धी तालिम सुरु

    दिप्रुङमा कोपोमिस तथा सहकारी कानून सम्वन्धी तालिम सुरु


    • शनिवार, जेठ १२ २०८१

    • नेपाल वाइड


    दिप्रुङमा कोपोमिस तथा सहकारी कानून सम्वन्धी तालिम सुरु

    खोटाङ, १२ जेठ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा कोपोमिस तथा सहकारी कानून सम्वन्धी आधारभुत तालिम सुरु भएको छ । गाउँपालिकाको सहकारी तथा वित्तीय उपशाखाको आयोजनामा जेठ १५ गतेसम्म सञ्चालन हुने तालिम जेठ ११ गतेदेखि सुरु भएको हो ।

    गाउँपालिकाको सभाहलमा आयोजना गरिएको तालिममा गाउँपालिकाभरीका १४ सहकारी संस्थाका ६० जनाको सहभागीता रहेको छ । पछिल्लो समय आर्थिक अपचलनका कारण सहकारी तथा वित्तीय संस्थाप्रति जनबिश्वास घटिरहेको सन्दर्भमा कोपोमिस तथा सहकारी कानून सम्वन्धी आधारभुत तालिम आयोजना गरिएको गाउँपालिकाका सूचना अधिकारी एलुन राईले जानकारी दिए ।

    training_copomis & co-operative law (ii).jpeg

    वित्तीय अनुशासन कायम गर्ने गराउने लक्ष्यका साथ आयोजना गरिएको तालिममा सहकारी कानुन प्रशिक्षक एवं महालक्ष्मी नगरपालिका ललितपुरका अधिकृत सातौं गिरीराज खनाल र कोपोमिस प्रशिक्षक एवं सुचना प्रविधि इन्जिनियर तथा कोपोमिस सफ्टवेर डेभलपर अमोद पुडासैनीले सहजीकरण गरिरहेका छन् । कार्यक्रम गाउँपालिकाको सहकारी तथा वित्तीय उपशाखाका संयोजक अधिकृत सातौं जनकप्रसाद ढुंगानाको संयोजकत्वमा सुरु गरिएको हो ।

    सम्बन्धित समाचार