मंगलवार, जेठ २२ २०८१
नेपाल वाइड
गीतमा बिट प्रोडक्सन बोम्ब जर्न, भिडियो प्रोडक्सन फ्ललेस मोसन, कोरियोग्राफर अलिशा गुरुङ र सुदिप भुजेलले गरेका छन् । नृत्यमा सुमित मगर, मणिराज मगर र बिबोइङमा हरि गुर्मछान मगरको भूमिका रहेको छ ।
मोक्तानले आफ्नो हरेक र्यापमा केही न केही सन्देश दिरहेका हुन्छन् । नयाँ र्यापमार्फत मोक्तानले देशमा भइरहेको राजनिती, नारीमाथि हुने अवहेलना, पुर्खाको सम्पत्तीमा परिवार धान्नु पर्ने अवस्था, जातीय भेदभाव, बेरोजगार, युवामाथि राजनितीक हस्तक्षेप, बढ्दो भ्रष्टाचार र ठूलाबडाको शरणमा नपरी सोझासिधा जनताको काम नहुने लगाउतका बेथितिलाई भिडियोमा उतारेका छन् ।
जीवनको तात्पर्य खोज्न मोक्तानले आफ्नै देशमा संघर्ष गरे तर परिवार, समाज र देशको विग्रँदो परिस्थितिको कारण उनी भविष्य खोज्दै जापान पुगे । तर जापान पुगे पनि मन नेपालमै रह्यो । ‘देशमै केही गर्नुपर्छ’ भनेर युवालाई झकझकाउन भिडियो र गीतमा तितो यथार्थ र व्यांग्या समेटिएको मोक्तानले बताए ।
उनका केही वर्ष अगाडि केबीएम जिजि युटुबमार्फत सार्वजनिक भएका १० वटा र्यापहरुले लाखौं भ्यूज बटुलेका छन् । यस अर्थमा उनका सिर्जनाले हिपहप दुनियाँमा राम्रो छाप छाडेको पूष्टि मिल्छ । सानै उमेरमा हिपहप दुनियाँलाई आफ्नो पकडमा राखेर जापानदेखि लोभलाग्दो क्रेज बनाउन सक्नु उनको खुबी हो ।
भिडियो लिंक-