Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    ऐसेलुखर्कका मौरी पालक किसानलाई तालिम

    ऐसेलुखर्कका मौरी पालक किसानलाई तालिम


    • शनिवार, आषाढ १ २०८१

    • नेपाल वाइड


    ऐसेलुखर्कका मौरी पालक किसानलाई तालिम

    खोटाङ, १ असार । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा तीन दिने मौरी पालन पुःनर्ताजगी तालिम गरिएको छ । इको हिमाल नेपाल र ऐसेलुखर्क गाउँपालिकाको साझेदारी कार्यक्रम अन्तरगत व्यवसायीक रुपमा मौरी पालन गरिरहेका किसानलाई सहभागी गराएर मौरी पालन पुःनर्ताजगी तालिम गरिएको हो । इको हिमालको आर्थिक सहयोगमा ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क बान्द्रेस्थित दखमलु कृषि वन श्रोत केन्द्रले जेठ २९ गतेदेखि जेठ ३१ गतेसम्म मौरी पालन पुःनर्ताजगी तालिम आयोजना गरेको हो ।

    तालिममा २७ जना किसानलाई सहभागी गराइएको इको हिमाल नेपालका कृषि वन अधिकृत अभिमन्यू अधिकारीले जानकारी दिए । गत वर्ष सात दिने तालिम लिएका किसानलाई सहभागी गराएर पुःनर्ताजगी तालिम आयोजना गरिएको हो । तालिममा मित्रलाल पुरीले सहजीकरण गरेका थिए ।

    कार्यक्रम दखमलु कृषि वन श्रोत केन्द्रका अध्यक्ष पुष्पराज श्रेष्ठको अध्यक्षता एबं ऐसेलुखर्क गाउँपालिका अध्यक्ष गिरेन्द्र राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका वडाध्यक्ष टेकेन्द्र राजभण्डारी, ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीका वडाध्यक्ष टंकराम राई लगायतको उपस्थिति रहेको थियो ।

    इको हिमालको सहयोगमा ऐसेलुखर्क गाउँपालिकामा दुई वटा र रावाबेँसी गाउँपालिकामा दुई वटा कृषि वन श्रोत केन्द्र स्थापना गरिएको छ । त्यसमध्ये ऐसेलुखर्क गाउँपालिकाको दखमलु कृषि वन श्रोत केन्द्रमार्फत मौरी पालन सम्वन्धी तालिम गरिएको हो । मौरी पालनबाट कतिपय किसानले राम्रो आर्थिक उपार्जन गरिरहेका छन् ।

    सम्बन्धित समाचार