Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    पत्रकार भट्टराई कुभिन्डेमा सम्मानित

    पत्रकार भट्टराई कुभिन्डेमा सम्मानित


    • मंगलवार, आषाढ ४ २०८१

    • नेपाल वाइड


    पत्रकार भट्टराई कुभिन्डेमा सम्मानित

    खोटाङ, ४ असार । खोटाङको रावाबेँसी गाउँपालिका–१ कुभिन्डेस्थित इन्द्रेणी सेवा समाजले पत्रकार राजकुमार भट्टराईलाई सम्मान गरेको छ । असार ३ गते दुई लाख ५० हजारको नरबहादुर सन्तलच्छी राई कोष स्थापनाको अवसरमा इन्द्रेणी सेवा समाजले पत्रकार भट्टराईलाई नगद चार हजार सहित सम्मान गरेको हो । दम्कुु, राईटोलस्थित समाजको कार्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष गेहेन्द्रमान राईले पत्रकार भट्टराईलाई नगद सहित सम्मान–पत्र प्रदान गरेका थिए ।

    गाउँ, समाज तथा समग्र जिल्लाको चौतर्फी क्षेत्रका सही, सत्य र यथार्थ समाचारहरु विभिन्न सञ्चार माध्यमबाट बिश्वभर सम्प्रेषण गर्दै सूचना तथा सञ्चारको हकलाई सम्पूर्ण सरोकारवालामाझ पुर्‍याउन खेलेको भूमिकाको कदर गर्दै सम्मान गरिएको इन्द्रेणी सेवा समाजका सचिव टिकाराम राईले बताए ।

    रावाबेँसी गाउँपालिका–६ हौंचुरका पत्रकार भट्टराई २०७५ सालदेखि पत्रकारितामा क्रियासिल छन् । दिक्तेलबाट रुपाकोटखबर डटकम सञ्चालन गरिरहेका पत्रकार भट्टराई ‘भ्यूज अफ नेपाल’ नामक समाचारमुलक पेजमा पनि आवद्ध छन् ।

    २०५८ सालमा स्थापना गरिएको इन्द्रेणी सेवा समाजले गाउँमा सामाजिक परिवर्तनका काम गर्दैआएको छ । इन्द्रेणी सेवा समाजको मातहतमा रहनेगरी नरबहादुर खालिङ र सन्तलच्छी खालिङ राईको परिवारले कोष स्थापना गरिदिएका हुन् ।

    दुई लाखको व्याजबाट सामाजिक हितका काम गर्ने र ५० हजारको व्याजबाट भैपरी आउने समस्यामा दुई महिनासम्म सापटी लिएर फिर्ता गर्नेगरी कोष स्थापना गरिएको हो । कार्यक्रम समाजका अध्यक्ष मनबहादुर राईको सभापतित्वमा भएको थियो ।

    सम्बन्धित समाचार