Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    ‘सरित’को ‘एक मुठी घाम’ लोकार्पण

    ‘सरित’को ‘एक मुठी घाम’ लोकार्पण


    • बिहिवार, आषाढ ६ २०८१

    • नेपाल वाइड


    ‘सरित’को ‘एक मुठी घाम’ लोकार्पण

    खोटाङ, ६ असार । वरिष्ठ आख्यानकार इन्द्रकुमार श्रेष्ठ ‘सरित’को लघुकथा संग्रह ‘एक मुठी घाम’ लोकार्पण गरिएको छ । ४१ वटा लघुकथा समेटिएको ‘एक मुठी घाम’ असार ४ गते काठमाडौंमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य एबं पुर्वमन्त्री रघुजी पन्त, दिल पौडेल, ‘लघुकथा कुनो’का संस्थापक साहित्यकार नारायण तिवारी, भाषा आयोगका सदस्य डा. पुष्करराज भट्ट लगायतले लोकार्पण गरेका हुन् ।

    साहित्यकार सरितको यो १५ औं कृति हो । उनका कथा संग्रह ‘दिदिको देवर’, ‘ऋतु फेरिदै जान्छ’ लगायत चर्चित कृतिहरु हुन् ।

    कार्यक्रममा श्रष्टा सरितले पाँच दशकको आफ्नो साहित्यिक यात्रा र ‘एक मुठी घाम’ तयार पार्दाको अनुभव सुनाएका थिए । ‘एक मुठी घाम’ लोकार्पण कार्यक्रमकै अवसरमा सरितलाई सुभाना मिडिया प्रालिले ‘सुभाना आख्यान सम्मान–२०८१’बाट सम्मान गरेको छ ।

    प्रमुख अतिथिका रुपमा पन्तले नेपाली साहित्यको श्रीवृद्धिमा साहित्यकार सरितले उल्लेखनीय भूमिका निर्वाह गरेको चर्चा गरे । भाषा आयोगका सदस्य डा. भट्टले श्रष्टा सरितलाई बधाई दिंँदै लघुकथा बारे विचार प्रस्तुत गरेका थिए । साहित्यकार गोपिन्द्र पौडेलले सरितका लघुकथाहरू संरचना, प्रस्तुति र विषयवस्तुको दृष्टिकोणले उम्दा रहेको बताए ।

    समालोचक डा. रमेश शुभेच्छुले कृतिमा नेताहरूको खलपात्रीय प्रवृत्ति, प्रशासनिक विकृतिको चिरफार र निम्न वर्गप्रति न्याय गरेको टिप्पणी गरेका छन् ।
    ‘लघुकथा कुनो’का संस्थापक एवं कथाकार तिवारीले अहिले लघुकथालाई यान्त्रिक बनाउँदै गएकोमा आफ्नो विमति रहेको बताए । साहित्यकार अच्युत घिमिरेले स्रष्टा सरित कथा र लघुकथामा उत्तिकै उम्दा भएको चर्चा गरे । समालोचक शैलजा पोखरेलले स्रष्टाले लघुकथामा राजनीतिक विकृतिलाई छोटो, मीठो र सहज रूपमा प्रस्तुत गरेको बताएकी छन् ।

    कार्यक्रममा श्रष्टा अमरदिप सुनुवार, डा.अर्पणा पोखरेल, गंगा खतिवडा, त्रिभुवनचन्द्र वाग्ले, बाबुकृष्ण भेटुवाल, सुजन विक, गुञ्जबहादुर बुढाथोकी, डा. छायादत्त न्यौपाने, डा. अपर्णा पोखरेल, त्रिभुवनचन्द्र वाग्ले, दीपक लोहनी, बोधराज पौडेल, श्रीराम राई, राजन न्यौपाने, वसन्तराज अज्ञात, संगीता पनेरु लगायतको उपस्थिति रहेको थियो ।

    सम्बन्धित समाचार