Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    हलेसी तुवाचुङ नगरपालिकाले ल्यायो ८२ करोड २८ लाख बजेट

    हलेसी तुवाचुङ नगरपालिकाले ल्यायो ८२ करोड २८ लाख बजेट


    • सोमवार, आषाढ १० २०८१

    • सञ्जिव राई


    हलेसी तुवाचुङ नगरपालिकाले ल्यायो ८२ करोड २८ लाख बजेट

    खोटाङ, १० असार । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले ८२ करोड २८ लाख ३३ हजार ३०० रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । सोमबार सम्पन्न १५ औं नगरसभामा उपमेयर रमेश राउतले आगामी आर्थिक वर्षका लागि चालुतर्फ ४५ करोड १४ लाख २१ हजार, पुँजीगतमा २३ करोड ६४ लाख १२ हजार ३०० र सामाजिक सुरक्षातर्फ १३ करोड ५० लाख बजेट पेश गरेका हुन् ।

    भौतिक पुर्वाधारतर्फ ६ करोड ४६ लाख २० हजार, सामाजिक विकासतर्फ ४ करोड ६० लाख ७५ हजार, आर्थिक विकासतर्फ २ करोड २ लाख, सुशासन तथा संस्थागत विकासमा ६१ लाख ८७ हजार ३००, वन, वातावरण तथा विपद व्यवस्थापनतर्फ ६४ लाख ३० हजार बिनियोजन गरिएको नगरपालिकाले जनाएको छ । 

    budject by halesi (ii).jpeg

    यस्तै, मेयर बिमला राईले आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम पेश गरेकी छन् । मेयर राईले आर्थिक विकास तथा गरिबी निवारणमा योगदान पुर्‍याउने, उत्पादन तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने, जनताको जीवनस्तर, आम्दानी र रोजगारी वृद्धि गर्ने, स्थानीय श्रोत र सीपको अधिकतम प्रयोग गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् । 

    नगरबासीको सम्मानयुक्त जीवनयापन, असल शासन, पारदर्शिता, जवाफदेहिता, सरल, सहज, छिटो र प्रभावकारी सेवा प्रवाह, स्रोत साधनको समुचित ब्याबस्थापन, सामाजिक रुपान्तरण लगायतका बिषयलाई प्राथमिकतामा राखिएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

    सम्बन्धित समाचार