बिहिवार, आषाढ १३ २०८१
नेपाल वाइड
खोटाङ, १३ असार । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तरगत उपयुक्त प्रविधिमा पहुँच तथा हस्तान्तरण कार्यक्रम गरिएको छ । गाउँपालिका अध्यक्ष लोकेन्द्र राईको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष अरुणा थापा मगरको विशेष आतिथ्यतामा उपयुक्त प्रविधिमा पहुँच तथा हस्तान्तरण कार्यक्रम गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष राईले कार्यक्रममार्फत रोजगारीको सिर्जना हुने र नागरिकको आर्थिक उपार्जनमा टेवा पुग्ने दावी गरेका छन् । कार्यक्रम बतासेका वडाध्यक्ष बबेन्द्र राईको सभापतित्वमा सम्पन्न भएको हो ।