बिहिवार, आषाढ १३ २०८१
नेपाल वाइड
खोटाङ, १३ असार । पहिरोले खोटाङमा दुई घरमा क्षती पुगेको छ । भारी वर्षाका कारण केपिलासगढी गाउँपालिका–७ सुंदेलका सफलबहादुर राई र ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क चित्रेका नवराज दाहालको घरमा क्षती पुगेको हो ।
वर्षाका कारण असार १२ गते राती घरभन्दा माथिको भित्ता भत्किएर झर्दा राई र दाहालको घरमा क्षती पुर्याएको प्रहरीले जनाएको छ ।
पहिरोले राईको घरको अगाडिको बरण्डाभित्र ढुंगामाटो पस्नुका साथै घरको पर्खाल चर्किएको छ । दाहालको घरको कुलेसोमा थुप्रिएको पहिरो गाउँपालिकाको जेसिभि प्रयोग गरेर पन्छाइएको ऐसेलुखर्क गाउँपालिकाका प्रवक्ता एवं वडाध्यक्ष टेकेन्द्र राजभण्डारीले बताए ।
पहिरो पन्छाउनका लागि गाउँपालिका अध्यक्ष गिरेन्द्र राई, उपाध्यक्ष राजेश राजभण्डारी लगायत दाहालको घर पुगेका थिए ।