Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    रिलको रोपाई

    रिलको रोपाई


    • शनिवार, आषाढ १५ २०८१

    • कृष्णबहादुर बुढाथोकी


    रिलको रोपाई
    लेखक

    खेत बाँझै छन्
    गाउँ रित्तिसके
    हुल कसेर सुकिला मान्छेले
    हिलोमा पाईला चोबेको
    दृष्य नियालेर

    झाडीले भञ्ज्याङ् चौतारी ओथारेर
    हामीलाई भन्दैछ
    गमलामा रोपेको धान
    अनि मैले ओथारेको भञ्ज्याङ् उस्तै हुन्
    दुबै नौटङ्की, देखावटीपन ।।

    फाँटमा प्लटिङ गर्ने
    किसान ठगेर भुँडी भर्ने
    महलमा बसेर, रहरले हिलो छुने
    उ कसरी किसान हुन्छ ?
    फोटाका लागि भोटा फेर्नेको लर्को
    रहरले सहर छोड्नेको हुल
    सबै किसान भए

    भञ्ज्याङ्लाई झ्याङले छोप्दैन
    फाँटमा जाँगर लहलहाउँथ्यो
    गाउँका झुपडी रुदैनथे, अनाथ भएर
    ठाँटी एक्लिदैनथे, विरक्तिएर

    जो जमिन पेलेर सगन्ध झिक्छ
    उ बेखबर छ, रियलमा छ, रिलमा छैन
    महलको मातले एकै छिन
    हिलोमा खुट्टा चोपलेर
    किसानको प्रतिष्ठा खोस्ने हो
    के किसान हुन
    असार पन्ध्र नै आउनु पर्छ र ।। 

    सम्बन्धित समाचार