Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङमा वेपत्ता भएका वृद्ध दुई दिनपछि मृत फेला

    खोटाङमा वेपत्ता भएका वृद्ध दुई दिनपछि मृत फेला


    • सोमवार, आषाढ १७ २०८१

    • नेपाल वाइड


    खोटाङमा वेपत्ता भएका वृद्ध दुई दिनपछि मृत फेला
    सांकेतिक तस्बीर । श्रोतः गुगल

    खोटाङ, १७ असार । खोटाङमा वेपत्ता भएका वृद्ध दुई दिनपछि मृत फेला परेका छन् । असार १४ गते बिहानदेखि बेपत्ता भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका ७२ वर्षीय डिलसेर राई असार १६ गते बिहान मृत भेटिएको हो ।

    आफन्तले खोज्नेक्रममा राईलाई घरदेखि अन्दाजी ३ किलोमिटर दक्षिणमा रहेको पञ्चेदोबाटो खोल्सीमा सडकबाट करिब २५ मिटर तल घोप्टो परेको अवस्थामा मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । राई ‘पञ्चेदोबाटो जान्छु’ भन्दै घरबाट हिँडेका थिए ।

    प्रहरीचौकी बुईपालाई खबर पुगेपछि जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी निरिक्षक टिकाराज बरालको नेतृत्वमा सोको टोली घटनास्थल पुगेर कानुनी प्रकृया पुरा गरेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार