मंगलवार, आषाढ १८ २०८१
नेपाल वाइड
कतार, १८ असार । किरात खालिङ राई उत्थान संघ कतार शाखा गठन गरिएको छ । अनलाईन भेलामार्फत गजेन्द्र खालिङ राई (खोटाङ)को नेतृत्वमा १७ सदस्यीय किरात खालिङ राई उत्थान संघ कतार शाखा गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा दिपक खालिङ (तेह्रथुम) र सुबास खालिङ (उदयपुर), सचिवमा सर्ब खालिङ (सोलुखुम्बु), सह–सचिवमा उत्रशेर खालिङ (उदयपुर), कोषाध्यक्षमा मायाँ खालिङ (सङखुवासभा) र सह–कोषाध्यक्षमा दिपक खालिङ (खोटाङ) चयन भएका छन् ।
सदस्यमा श्रृष्टि खालिङ (भोजपुर), शंकर खालिङ (उदयपुर), मिलन खालिङ (सोलुखुम्बु), जीवन खालिङ (ईलाम), लक्ष्मन खालिङ, रवि खालिङ, नेप्सुङ खालिङ, निर्जला खालिङ, बिष्णु खालिङ र अनोन खालिङ (गोर्खा रेस्टुरेन्ट) चयन भएका छन् ।
यस्तै, खड्का खालिङ, याम खालिङ, जतन खालिङ र छत्र खालिङलाई संरक्षक चयन गरिएको अध्यक्ष खालिङले जानकारी दिए ।