शनिवार, आषाढ २२ २०८१
नेपाल वाइड
खोटाङ, २२ असार । खोटाङमा वर्षाका कारण पहिरोले एक घर भत्किएको छ । रातभरी परेको वर्षाका कारण पहिरोले तान्दा शनिबार बिहान हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका अस्तजित राईको घर भत्किएको हो ।
ढुंगा माटोले बनेको फुसको छानो भएको घर भत्किँदा राईको चार लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए । घर भत्किए पनि मानवीय तथा पशुचौपायमा क्षती नभएको प्रहरीले जनाएको छ ।
यस्तै, पहिरोले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल थर्पुका रमेश खड्काको घरमा क्षती पुगेको छ । माथिबाट खसेको पहिरोले खड्काको घरमा क्षती पुर्याएको हो । खड्काले सो घर जनता आवास अन्तरगत सरकारले उपलव् गराएको ३ लाख ५० हजारमा निर्माण गरेका थिए ।