मंगलवार, आषाढ २५ २०८१
नेपाल वाइड
खोटाङ, २५ असार । प्रदेश सरकाले खोटाङको हिमालयन आईटी इन्स्टिच्युट, दिक्तेलका सञ्चालक उषा खत्री बस्नेतलाई उत्कृष्ट महिला उद्यमी पुरस्कार प्रदान गरेको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशभरीका १४ जिल्लाका एक/एक जना महिला उद्यमीमध्ये उषालाई उत्कृष्ट महिला उद्यमी पुरस्कार प्रदान गरेको हो ।
उद्यम र उद्यमशीलताको क्षेत्रमा स्थानीय स्रोत, साधन र सीपको माध्यमद्धारा रोजगारी सिर्जना गरी प्रदेशको अर्थतन्त्र र रोजगारीको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै प्रदेश सरकारले उषालाई ‘प्रदेश उत्कृष्ट महिला उद्यमी पुरस्कार २०८०’ बाट सम्मान गरेको हो ।
उत्कृष्ट महिला उद्यमीका रुपमा छनोट भएका उषासहित १४ जना महिला उद्यमीहरुलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनही ५० हजार नगदका साथमा प्रमाण–पत्र प्रदान गरेका छन् । हिमालयन आईटी इन्स्टिच्युटले विभिन्न सीप विकास तालिम प्रदानसँगै प्राविधिक शिक्षा प्रदान गर्दै आएको छ ।