Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    वर्षाले गोठ भत्किँदा याम्खामा पाँच बाख्रा मरे, च्यास्मीटारमा घर भत्कियो

    वर्षाले गोठ भत्किँदा याम्खामा पाँच बाख्रा मरे, च्यास्मीटारमा घर भत्कियो


    • बुधवार, आषाढ २६ २०८१

    • नेपाल वाइड


    वर्षाले गोठ भत्किँदा याम्खामा पाँच बाख्रा मरे, च्यास्मीटारमा घर भत्कियो

    खोटाङ, २६ असार । वर्षाका कारण गोठ भत्किदा खोटाङमा पाँच वटा बाख्रा मरेको छ । अविरल वर्षाका कारण दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका रमेश श्रेष्ठको ढुंगामाटोले बनेको खरको छानो भएको गोठ बुधबार भत्किदा थिचिएर पाँच वटा बाख्रा मरेको हो ।

    छानाबाट चुहिएको पानीले भिजेर ढलेको पर्खालले एउटा गाई, तीन वटा गोरु, एउटा भैंसी भैंसी र आठ वटा खसी बाख्रा किचेकोमा पाँच वाख्रा मरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । श्रेष्ठको तीन लाख बराबरको क्षती भएको छ । प्रहरी चौकी याम्खाका प्रहरी सहायक निरीक्षकको कमान्डमा खटिएका प्रहरी र स्थानीयले गोठमा पुरिएका पशु चौपायको उद्धार गरेका थिए ।

    यस्तै, अविरल वर्षाका कारण हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार पिपलटारका डम्बर राईको घर भत्किएको छ । थप क्षती हुन नदिन पर्खाललाई प्लाष्टिक टनेलले ढाकिएको स्थानीय केसीराज राईले जानकारी दिए ।

    सम्बन्धित समाचार