Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङमा डेंगु नियन्त्रणका लागि लार्भा खोजी तथा नष्ट गर्ने अभियान संञ्चालन

    खोटाङमा डेंगु नियन्त्रणका लागि लार्भा खोजी तथा नष्ट गर्ने अभियान संञ्चालन


    • बुधवार, आषाढ २६ २०८१

    • नेपाल वाइड


    खोटाङमा डेंगु नियन्त्रणका लागि लार्भा खोजी तथा नष्ट गर्ने अभियान संञ्चालन
    डेंगु रोग फैलिन नदिन तथा रोकथामका लागि संञ्चालन गरिएको अभियानमा सहभागीहरु । तस्बिरः जिल्ला प्रहरी कार्यालयको फेसवुक पेज

    खोटाङ, २६ असार । खोटाङ जिल्लामा डेंगु रोग फैलिन नदिन तथा रोकथामका लागि विशेष अभियान सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालय खोटाङको आयोजना तथा जिल्ला प्रहरी कार्यालय खोटाङको सहकार्यमा ‘लार्भा खोजी तथा नष्ट गर्ने अभियान’ संञ्चालन गरिएको हो ।

    जिल्ला समन्वय समितिका प्रमुख सन बहादुर राईको प्रमुख आतिथ्यतामा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू, स्थानीय जनप्रतिनिधिहरू, स्वास्थ्यकर्मी, पत्रकार लगायतको सहभागितामा बुधबार अभियान संञ्चालन गरिएकोे हो ।

    अभियान अन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडानम्बर–१ को हाटडाँडादेखि रत्नपार्क हुँदै शुभम् फाउण्डेसनसम्मको क्षेत्रमा डेंगु सार्ने लामखुट्टेको लार्भा खोजी तथा नष्ट गर्ने काम गरिएको स्वास्थ्य कार्यालय खोटाङको प्रमुख जिवन प्रसाद चौलागाँईले जानकारी दिए ।

    अभियानकाक्रममा टिनका डब्बा, थोत्रा टायर, गमला, फूलदानी, बाल्टिन, टनेल लगायतका वस्तुहरूमा जमेको पानी जमिनमा घोप्टाईएको छ । साथै, घर वरिपरि रहेका खाल्डाखुल्डीमा जमेका पानी सरसफाई गर्नुका साथैै नागरिकलाई सचेत समेत गराईएको छ ।

    अभियानकैक्रममा डेंगु रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतनामुलक पम्प्लेट वितरण गर्दै स्थानीय बासिन्दाहरूलाई डेंगुबाट बच्ने उपायहरूबारे जानकारी दिईएको कार्यालय प्रमुख चौलागाँईले बताए । साथै जोखिमयुत्त ठाँउहरुमा विषादी समेत छर्किने काम गरिएको छ ।

    8.jpg5.jpg6.jpg1.jpg56.jpg12.jpg77.jpg5666.jpg

    सम्बन्धित समाचार