Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    कठै मेरो देश !

    कठै मेरो देश !


    • शनिवार, आषाढ २९ २०८१

    • सञ्जिव कार्की


    कठै मेरो देश !

    खोटाङ, असार २९ ।

    मेरो देशलाई
    ‘बा’हरूले
    वेश्यालयझैं बनाए ।

    कहिले एउटाले तान्छन्,
    कहिले अर्कोले तान्छन्,
    कहिले तँ खा भन्छन्
    कहिले न खा भन्छन्
    अनि फेरि मिल्छन्
    चिथोर्छन्, छोडछन् ,
    देशलाई रोगी बनाएर
    अन्तिममा बाटो मोड्छन् ।

    पहिले नेपाल सुन्दर थिइन् 
    पुर्खाहरूले ढोग्थे, पुजा गर्थे,
    यहीँ देशमा बस्थे, गरेर खान्थे,
    अहिले त नेपाल नेपाल रहिनन्
    ‘बा हरुबाट बेचिएकी छिन् ।
    छिमेकीको अंगालोमा मिचिएकी छिन् ।

    त्यसैले देख्नेहरूले
    आँशु निकाल्दै देश छोड्न थाले ।
    देशको मायाँ मुटुमा राखेर
    बाटो मोड्न थाले ।
    यी ‘बा’ हरू निकै शक्तिशाली छन् !

    यिनीहरुको बारेमा,
    बोल्न मनाही छ ।
    लेख्न मनाही छ ।
    देख्न मनाही छ ।
    बोलिहाल्यो भने बच्न,
    कि त यिनको दास बन्नुपर्छ ।
    कि त पार्टीको खास बन्नुपर्छ ।

    सम्बन्धित समाचार