Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    शहीद दिलकाजी–ईन्दिरा कार्कीको सम्झनामा बिरामीलाई फलफुल वितरण

    शहीद दिलकाजी–ईन्दिरा कार्कीको सम्झनामा बिरामीलाई फलफुल वितरण


    • सोमवार, आषाढ ३१ २०८१

    • नेपाल वाइड


    शहीद दिलकाजी–ईन्दिरा कार्कीको सम्झनामा बिरामीलाई फलफुल वितरण
    तस्बीरः हलेसीखबर

    खोटाङ, ३१ असार । जनयुद्धकाक्रममा साहदत प्राप्त गरेका खोटाङका तत्कालिन नेकपा माओबादी नेता दिलकाजी कार्की र ईन्दिरा कार्की दम्पत्तीको सम्झनामा बिरामीलाई फलफुल वितरण गरिएको छ । २०५९ साल असार ३१ गते राज्यपक्षबाट हत्या गरिएका दिलकाजी–ईन्दिराको २३ औं स्मृति दिवसको अवशरमा पारेर सोमबार जिल्ला अस्पताल खोटाङका बिरामीलाई स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरिएको हो ।

    दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठान खोटाङको आयोजना भएको फलफुल वितरणकै क्रममा शहीद कार्की दम्पत्तिको तस्वीरमा माल्यार्यण गर्दै श्रद्धाञ्जलि अर्पण गरिएको छ । दिलकाजी–ईन्दिराको स्मति दिवसमा जिल्ला अस्पतालमा उपचाररत १५ बिरामीलाई फलफुल वितरण गरिएको दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठान खोटाङका अध्यक्ष सुरेश राईले बताए ।

    स्मृति दिवसमा नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समिति संयोजक दीपक पाण्डे ‘आकाश’, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, शहीद दिलकाजीको दाजु रामकाजी र भतिज ध्रुवकुमार कार्की, माओवादी केन्द्रनिकट भातृ संघ/संगठनका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति थियो । 

    451017192_1165046238166504_6368141324978971417_n.jpg

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा निवासी दिलकाजी तत्कालिन नेकपा माओबादीका जिल्ला सेक्रेटरी र ईन्दिरा अनेमसंघ क्रान्तीकारीका जिल्ला सदस्यको जिम्मेवारीमा कार्यरत थिए । कार्की दम्पत्तीलाई नेपाली सेनाले खोटेहाङ गाउँपालिकाको सिमपानीबाट नियन्त्रणमा लिएर टुवा खोलामा झारेर हत्या गरेका थिए । 

    सम्बन्धित समाचार