सोमवार, आषाढ ३१ २०८१
नेपाल वाइड
काठमाडौं, ३१ असार । खोटाङकी गायीका अर्जुना राईको ‘टारी खेत’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । स्वयं गायीका राई, आशिष लिम्बू र सन्जु वान्तवाको अभिनय रहेको म्यूजिक भिडियो सोमबार अर्जुना राई अफिसियल यूटुबमार्फत सार्वजनिक गरिएको हो । अडियो गीत रेकर्ड गरेको वर्ष दिनपछि म्यूजिक भिडियो तयार पारेर सार्वजनिक गरिएको हो ।
दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खामा छायांकन गरिएको म्यूजिक भिडियोमा स्वयं गायीका अर्जुनाकै निर्देशन रहेको छ । ६ मिनेटको म्यूजिक भिडियो पत्रकार बिशाल राईले छायांकन गरेका हुन् । गीतमा शव्द र संगीत पनि अर्जुनाकै रहेको छ ।
बिशाल लिम्बूले रेकर्ड गरेको गीतमा सागर संसार राईको एरेन्ज रहेको छ । गीतमा गाउँमा बस्ने युवती र रोपाई गर्नका लागि शहरबाट गाउँ आएका युवाबीचको प्रेम सम्वन्धलाई चित्रण गरिएको छ ।
२०६५/०६६ ताका खोटाङको रुपाकोट रेडियोमा सञ्चारकर्मी भीमसेना राईले ‘पालैपालो’ नामको सांगीतिक कार्यक्रम चलाउँथे । स्थानीय कलाकार आफैले सिर्जना गरेका गीत गाउन र सुनाउन ‘पालैपालो’ कार्यक्रममा सहभागी हुन रेडियोमा पुग्थे । त्योबेला अर्जुना कक्षा ८ मा पढ्थिईन् । त्यही ‘पालैपालो’ कार्यक्रममा सहभागीता जनाउने क्रममा तयार पारेको ‘टारी खेत’लाई अर्जुनाले रेकर्ड गराएकी हुन् ।
२०७३ सालमा ‘तिम्रो मायाँले मलाई के गरायो’ बोलको गीतमार्फत औपचारिकरुपमा सांगीतिक क्षेत्रमा प्रवेश गरेकी अर्जुनाले दर्जनौं गीत गाइसकेकी छन् । संगीतप्रतिको मोहका कारण अर्जुनाले सानै उमेरदेखि जानकारी भएसम्म स्कुल/कलेजका कुनै पनि सांगीतिक कार्यक्रम छुटाइनन् ।
संगीतप्रतिको त्यही लगावका कारण उनको सांगीतिक सफलता चुँलिदो छ । खोजी प्रतिभा र खोटाङ तारामा विभिन्न चरणको अनुभव संगालेकी अर्जुनाले बिभिन्न स्टेज प्रोग्राममा पनि दर्शकलाई मनोरञ्जन दिलाउँदै आएकी छन् ।
म्यूजिक भिडियो.....