Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    पत्रकारिताको धारमा बहस गरौंः प्रेस काउन्सिल अध्यक्ष बस्नेत

    पत्रकारिताको धारमा बहस गरौंः प्रेस काउन्सिल अध्यक्ष बस्नेत


    • मंगलवार, श्रावण १ २०८१

    • नेपाल वाइड


    पत्रकारिताको धारमा बहस गरौंः प्रेस काउन्सिल अध्यक्ष बस्नेत
    प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत

    काठमाडौं, १ साउन । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालको अत्यधिक दुरुपयोगसँगै पत्रकारिताको धार परिवर्तन हुनुपर्ने धारणा राखेका छन् ।

    मंगलबार सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै काउन्सिलका अध्यक्ष बस्नेतले सृजनशील, रचनात्मक र समाधानमुखी पत्रकारिता आवश्यक रहेको धारणा राखेका छन् ।

    उनले अहिले पत्रकारितामा नकरात्मक धार फितलो हुँदै गएको उल्लेख गरेका छन् । ‘सामाजिक सञ्जालको अत्यधिक प्रयोग/दुरुपयोग सँगै पत्रकारितामा नकरात्मक धार फितलो हुँदै गएको छ,’ अध्यक्ष बस्नेतले लेखेका छन्, ‘खोजी सृजनशील, रचनात्मक र समाधानमुखी पत्रकारिताको छ । नेपाली मिडिया जगतमा यसको केही अभ्यास देखिएको पनि छ । पत्रकारितालाई सही बाटो हिडाउँन प्रश्नसँगै समाधानका विकल्पहरुमा समेत बहस थाल्न जरुरी छ ।’

    पछिल्लो समयमा प्रेस काउन्सिल नेपालले मुलुकमा रचनात्मक पत्रकारिताको प्रवर्धनको लागि सक्रियता देखाएको छ । युट्युबसहित सामाजिक सञ्जाल मार्फत चलेका मिडियामाथि समेत कडा निगरानी गरिरहेको छ ।

    सम्बन्धित समाचार