आइतवार, श्रावण ६ २०८१
नेपाल वाइड
खोटाङ, ६ साउन । नेपाली कांग्रेस खोटाङले ४२ औं बिपी स्मृति दिबस मनाएको छ । कांग्रेसले आइतबार दिक्तेलस्थित बिपी स्मृति भवन परिषरमा बृक्षारोपण तथा अन्तरक्रीया गर्दै बिपी स्मृति दिबस मनाएको हो । बिपीको शालिकमा माल्यार्पण गरेपछि बिपी स्मृति भवन परिषरमा फलफुलको बिरुवा रोपिएको थियो । बृक्षारोपणपछि अन्तरक्रीया गरिएको कांग्रेसले जनाएको छ ।
गत असार १५ गते सुरु गरिएको ‘किसानसँग कांग्रेस’ कार्यक्रमलाई पनि बिपी स्मृति दिबसकै अवसरमा समापन गरिएको नेपाली कांग्रेस खोटाङका सभापति बिष्णुकुमार राईले बताए ।

बिपी कोईराला नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री हुन् । विक्रम संवत १९७१ भदौ २४ गते जन्मिएका कोईरालाको २०३९ साउन ६ गते निधन भएको थियो । २०१५ सालको आमनिर्वाचनमा कांग्रेसले दुई तिहाइ मत प्राप्त गरेपछि बिपी देशको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए ।
२०१७ पुस १ गते तत्कालीन राजा महेन्द्र शाहले अपदस्थ गरी पञ्चायती व्यवस्था लागु गरेपछि उनी आठ वर्ष जेल बसेका थिए । जेलबाट रिहा भएपछि भारत निर्वासनमा गएका कोईराला २०३३ मा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए ।