Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    नेकपा माओवादी केन्द्र खोटाङ काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा तेज बान्तवा चयन

    नेकपा माओवादी केन्द्र खोटाङ काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा तेज बान्तवा चयन


    • आइतवार, श्रावण १३ २०८१

    • नेपाल वाइड


    नेकपा माओवादी केन्द्र खोटाङ  काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा तेज बान्तवा चयन
    खोटाङ काठमाण्डौं सम्पर्क समन्वय समितिको पाचौं सम्मेलन ।

    खोटाङ, १३ साउन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) खोटाङ काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा तेज बान्तवा चयन हुनुभएको छ । समितिको शनिबार सम्पन्न पाँचौं सम्मेलनले बान्तवालाई अध्यक्षमा चयन गरेको हो ।

    बान्तवाको अध्यक्षतामा चयन भएको ३५ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षहरूमा बासुदेव राई, ध्रुव कुमार राई र राजु एन राई चयन भएका छन् । त्यसैगरी, सचिवमा बृष राज राई (पुष्प) र सह–सचिवमा गोपाल नाछिरिङ चयन भएका छन् ।

    समितिले हाल ३१ सदस्य समिमि चयन गरेको छ भने बाँकी ४ सदस्यपछि मनोनयन गर्ने निर्णय गरेको छ । निर्वाचित नयाँ नेतृत्वले काठमाडौंमा रहने खोटाङका माओवादी कार्यकर्ताहरूलाई एकीकृत गर्ने र पार्टीको नीति तथा कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउने जनाईएको छ । 

    नवनिर्वाचित अध्यक्ष तेज बान्तवाले आफ्नो नेतृत्वमा पार्टीलाई थप सुदृढ र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “हामी सबै एकजुट भएर पार्टीको विचारधारा र सिद्धान्तलाई जनस्तरसम्म पुर्याउने काममा लाग्नेछौं ।” आगामी दिनहरूमा समितिले खोटाङ र काठमाडौंबीच राजनीतिक तथा सामाजिक सम्बन्ध सुदृढ गर्ने पार्टीले विश्वास लिएको छ ।

    नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उप–महासचिव मातृका यादव प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ विशेष आतिथि, माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु करुणा बस्नेत, समिता कार्की (अस्मिता), दुर्गाजयन्ती राई, प्रदेश उपाध्यक्ष देवन किराँती ‘पृथ्वी’ खोटाङ जिल्ला समन्वय समिति संयोजक दिपक पाण्डे ‘आकाश’, प्राध्यापक डा. विष्णु राई, सम्पर्क समन्वय समितिका ईन्चार्ज पर्शुराम राई, खेम प्रधान, खोटाङ जिल्लाका स्थानिय तहका नगर/गाउँपालिकाका पदाधिकारी, सदस्यहरु वौद्धिक वर्ग, युवा बिद्यार्थीहरुलगाएतको उपस्थिति रहेको जिल्ला समन्वय समिति संयोजक दिपक पाण्डे ‘आकाश’ले जानकारी दिए ।

    सम्बन्धित समाचार